भजनसंग्रह 114:1-8 NNRV2012 - Bible AI

1जब इस्राएल मिश्रदेशबाट आए, जब याकूबको घराना पराई भाषा बोल्‍ने मानिसहरूका बीचबाट निस्‍केर आए,

2तब यहूदा परमप्रभुको पवित्रस्‍थान, र इस्राएल उहाँको राज्‍य भयो।

3यो देखेर समुद्र भाग्‍यो, यर्दन नदी उल्‍टो बग्‍न लाग्‍यो।

4पहाड़हरू भेड़ाहरूझैँ उफ्रन लागे, डाँड़ाहरू भेड़ाका पाठाहरूझैँ कुद्‌न लागे।

5हे समुद्र, तँलाई के भयो, र तँ भागिस्‌? र हे यर्दन, तँ किन फर्केर गइस्‌?

6हे पहाड हो, तिमीहरू भेड़ाहरूझैँ, हे डाँड़ा हो, तिमीहरू भेड़ाका पाठाहरूझैँ किन कुद्‍यौ?

7हे पृथ्‍वी, परमप्रभुको सामुन्‍ने, याकूबका परमेश्‍वरको सामुन्‍ने थरहरी होऊ,

8जसले चट्टानलाई पानीको तालमा, र ढुङ्गेनी पहाड़लाई पानीको स्रोतमा परिवर्तन गर्नुभयो।

>