भजनसंग्रह 120:1-7 NNRV2012 - Bible AI

1यात्राको गीत [1] मेरो सङ्कष्‍टमा म परमप्रभुलाई पुकार्दछु, र उहाँले मलाई जवाफ दिनुहुन्‍छ।

2हे परमप्रभु, झूट बोल्‍ने ओठ र छली जिब्रोबाट, मलाई बचाउनुहोस्‌।

3ए छली जिब्रो, उहाँले तँलाई के गर्नुहोला? तँसँग अरू बढ़ी के गर्नुहोला?

4उहाँले तँलाई योद्धाको तीखो बाणले झैँ, र झाडीको आगोले झैँ दण्‍ड दिनुहुनेछ।

5धिक्‍कार मलाई, कि म मेशेकमा वास गर्दछु, र केदारका पालहरूका बीचमा बसेको छु!

6शान्‍तिलाई घृणा गर्नेहरूका बीचमा मैले वास गरेको धेरै भयो।

7म त शान्‍तिप्रिय व्‍यक्ति हुँ, तर जब म बोल्‍छु, तिनीहरू लड़ाइँ गर्न तत्‍पर हुन्‍छन्‌।

>