भजनसंग्रह 123:1-4 NNRV2012 - Bible AI

1यात्राको गीत [1] हे स्‍वर्गको सिंहासनमा विराजमान हुनुहुने, तपाईंतिर म मेरा आँखा उचाल्‍छु।

2जसरी दासहरूका आँखा आफ्‍ना स्‍वामीको हाततिर हुन्‍छन्‌, जसरी दासीहरूका आँखा आफ्‍नी स्‍वामिनीको हाततिर रहन्‍छन्‌, त्‍यसरी नै जबसम्‍म उहाँले हामीमाथि कृपा गर्नुहुन्‍न, तबसम्‍म हाम्रा आँखा परमप्रभु हाम्रा परमेश्‍वरतिर रहन्‍छन्‌।

3हामीमाथि कृपा गर्नुहोस्‌, हे परमप्रभु, हामीमाथि कृपा गर्नुहोस्‌, किनकि हामीले ज्‍यादै हेलचेक्र्याइँ सहेका छौं।

4अभिमानीहरूबाट उपहास र अहङ्कारीहरूबाट ज्‍यादै हेलचेक्र्याइँ सहेका छौं।

>