1यात्राको निम्ति दाऊदको गीत [1] यदि परमप्रभु हामीहरूसँग नहुनुभएको भए— इस्राएलले भनोस्—
2मानिसहरूले हामीलाई आक्रमण गर्दा, परमप्रभु हामीतर्फ नहुनुभएको भए,
3तिनीहरूको क्रोध हाम्रा विरुद्ध दन्किउठ्दा, तिनीहरूले हामीहरूलाई जिउँदै निल्नेथिए।
4उर्लिआएको बाढ़ले हामीलाई एक गाँस पार्नेथियो, अनि भल हामीमाथि बग्नेथियो,
5जलको प्रबल प्रवाहले हामीलाई त्यसै बगाइलानेथियो।
6परमप्रभुको प्रशंसा होस्, जसले हामीहरूलाई तिनीहरूका दाँतले फहराउन दिनुभएन।
7शिकारीको पासोबाट चरा उम्केझैँ, हामी फुत्किसकेका छौं, तिनीहरूको जाल फाट्यो र हामी उम्क्यौं।
8हाम्रो गुहार स्वर्ग र पृथ्वी सृजना गर्नुहुने परमप्रभुको नाउँमा छ।