1यात्राको गीत [1] जब परमप्रभुले सियोनका निर्वासितहरूलाई फर्काएर ल्याउनुभयो, तब हामी सपना देख्नेहरूजस्ता थियौं।
2तब हाम्रो मुख हाँसोले, र हाम्रो जिब्रो आनन्दको आवाजले भरिए। तब जातिहरूका बीचमा यसो भनियो, “परमप्रभुले तिनीहरूका निम्ति महान् काम गर्नुभएको छ।”
3परमप्रभुले हाम्रा निम्ति महान् काम गर्नुभएको छ, र हामी आनन्दले भरिएका छौं।
4हे परमप्रभु, नेगेव देशका नदीहरू उर्लेझैँ, हाम्रा सुख-शान्ति फर्काइदिनुहोस्।
5आँसुको साथमा छर्नेहरूले आनन्दका गीत गाउँदै कटनी गर्नेछन्।
6जो रुँदै-रुँदै बीउ बोकेर छर्न जान्छ, त्यो फसलका बिटाहरू बोकेर आनन्दले गीत गाउँदै फर्कनेछ।