भजनसंग्रह 127:1-5 NNRV2012 - Bible AI

1यात्राको निम्‍ति सोलोमनको गीत [1] परमप्रभुले नै घर नबनाउनुभए त, बनाउनेहरूले गरेको परिश्रम व्‍यर्थ हुन्‍छ। परमप्रभुले सहरको रक्षा नगर्नुभए त, पालेहरूले गरेको रखवाली व्‍यर्थ हुन्‍छ।

2भोजनको निम्‍ति परिश्रम गर्नलाई बिहान सबेरै उठ्‌नु, र राती अबेर सुत्‍न जानु व्‍यर्थ छ, किनकि उहाँले आफ्‍ना प्रियहरूलाई निद्रा दिनुहुन्‍छ।

3छोराहरू परमप्रभुले दिनुभएको उत्तराधिकार हुन्‌, छोराछोरीहरू उहाँका इनाम हुन्‌।

4योद्धाको हातमा भएका काँड़हरूझैँ, युवावस्‍थामा जन्‍मेका छोराहरू हुन्‍छन्‌,

5त्‍यो मानिस धन्‍यको हो, जसको ठोक्रो काँडहरूले भरिएको हुन्‍छ। मूल ढोकामा आफ्‍ना शत्रुहरूको सामना गर्नुपर्दा, तिनीहरू शर्ममा पर्नेछैनन्‌।

>