भजनसंग्रह 128:1-6 NNRV2012 - Bible AI

1यात्राको गीत [1] परमप्रभुको भय मान्‍नेहरू सबै धन्‍यका हुन्‌, जो उहाँका इच्‍छाअनुसारका चालहरूमा चल्‍छन्‌।

2तिमीले आफ्‍नो परिश्रमको फल खानेछौ, आशिष्‌ र सब किसिमका फलिफाप तिमीले पाउनेछौ।

3तिम्री पत्‍नी तिम्रो घरभित्र फलवन्‍त दाखको लताजस्‍तै, अनि तिम्रा छोरा-छोरीहरू तिम्रो टेबिलको वरिपरि जैतूनका मुनाहरूजस्‍तै हुनेछन्‌।

4यसरी परमेश्‍वरको भय मान्‍ने मानिस आशिषित हुनेछ।

5परमप्रभुले तिम्रो जीवनभर सियोनबाट तिमीलाई आशीर्वाद देऊन्‌। तिमीले यरूशलेमको समृद्धि देख्‍न पाओस्‌,

6र तिमीले तिम्रा नाति-पनातिलाई देख्‍न पाऊ। इस्राएलमा शान्‍ति आओस्‌।

>