भजनसंग्रह 129:1-8 NNRV2012 - Bible AI

1यात्राको गीत [1] तिनीहरूले मेरो जवानीदेखि नै मलाई असाध्‍यै कष्‍ट दिएका छन्‌: इस्राएलले भनोस्‌:

2तिनीहरूले मेरो जवानीदेखि मलाई असाध्‍य कष्‍ट दिएका छन्‌, तापनि तिनीहरू ममाथि विजयी भएका छैनन्‌।

3हलीहरूले मेरो पिठिउँमा हलो जोते, र पिठिउँभरि लामा हलरेखाले कोरे।

4तर परमप्रभु धर्ममय हुनुहुन्‍छ, र उहाँले दुष्‍टहरूका बन्‍धन छिनालिदिनुभएको छ।

5सियोनलाई घृणा गर्नेहरू, सबै शर्ममा परून्‌, र हटेर जाऊन्‌।

6तिनीहरू घरका धुरीमा भएको घाँसजस्‍तै होऊन्‌, जो बढ्‌न अघि नै ओइलाइहाल्‍छ,

7र जसबाट घाँस काट्‌नेले एक मुट्ठी काट्‌न सक्‍दैन, र बिटा बाँध्‍नेले एक अँगालो पनि भर्न सक्‍दैन।

8त्‍यताबाट भएर जानेहरूले कदाचित्‌ नभनून्‌, “परमप्रभुको आशीर्वाद तिमीमाथि रहोस्‌! परमप्रभुको नाउँमा हामी तिमीलाई आशीर्वाद दिन्‍छौं।”

>