1यात्राको गीत [1] हे परमप्रभु, म तपाईंलाई गम्भीर सङ्कष्टको स्थितिमा पुकार गर्दछु।
2हे परमप्रभु, मेरो पुकार सुनिदिनुहोस्! कृपाको लागि गरिएको मेरो पुकारमा तपाईंका कानले ध्यान देऊन्।
3हे परमप्रभु, तपाईंले पापको लेखा लिनुभयो भने त, हे प्रभु, को खड़ा हुन सक्छ र?
4तर तपाईंमा क्षमा छ, र नै तपाईंको भय मानिन्छ।
5म परमप्रभुको प्रतीक्षा गर्छु, मेरो प्राणले प्रतीक्षा गर्छ, अनि उहाँको वचनमा म आशा राख्तछु,
6पालेले बिहानको प्रतीक्षा गरेको भन्दा बढ़ी, मेरो प्राणले परमप्रभुको प्रतीक्षा गर्छ।
7हे इस्राएल, परमप्रभुमा आफ्नो आशा राख् किनभने परमप्रभुमा नै अचूक कृपा छ, अनि उहाँमा नै सम्पूर्ण उद्धार छ।
8उहाँले नै मोल तिरेर इस्राएललाई ⓢ तिनीहरूका सबै पापबाट छुटाउनुहुनेछ।