भजनसंग्रह 131:1-3 NNRV2012 - Bible AI

1यात्राको निम्‍ति दाऊदको गीत [1] हे परमप्रभु, मेरो हृदय अहङ्कारी छैन, मेरा आँखा घमण्‍डी छैनन्‌। आफूले नभ्‍याउने कुराहरू अनि उदेकका थोकहरूमा म आफैलाई अल्‍झाउँदिनँ।

2तर मैले मेरो प्राणलाई स्‍थिर र शान्‍त तुल्‍याएको छु, आमासँग बसेर शान्‍त भएको बालकझैँ, आमाको दूध छोडाइएको बालकझैँ मेरो प्राण शान्‍त छ।

3हे इस्राएल, आज अनि सदासर्वदा परमप्रभुमा नै आशा राख्‌।

>