1यात्राको निम्ति दाऊदको गीत [1] दाजुभाइहरू एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ।
2यो त शिरमा लगाइएको मूल्यवान् तेलजस्तो हुन्छ, जो हारूनको दाह्रीसम्म बगिआउँछ, जो तिनका पोशाकको कठालोसम्मै बगेर जान्छ।
3त्यो हेर्मोन डाँड़ाको शीत सियोन पर्वतमा परेजस्तै हुन्छ। किनकि त्यहीँ परमप्रभुले सदाकाल जीवनको आशिष् खन्याउनुहुन्छ।