1यात्राको गीत [1] परमप्रभुका सबै सेवकहरू, परमप्रभुको प्रशंसा गर, तिमीहरू जो परमप्रभुको भवनमा राती उहाँको सेवा गर्दछौ।
2पवित्रस्थानमा आफ्ना हात उचाली, परमप्रभुको प्रशंसा गर।
3स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने परमप्रभुले तिमीलाई सियोनबाट आशीर्वाद देऊन्।