1परमप्रभुलाई धन्यवाद देओ, किनभने उहाँ भलो हुनुहुन्छ, ⓦ उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
2देवताहरूका परमेश्वरलाई धन्यवाद देओ, उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
3प्रभुहरूका परमप्रभुलाई धन्यवाद देओ, किनभने उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
4उहाँले मात्र आश्चर्य कामहरू गर्नुहुन्छ: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
5उहाँले आफ्नो समझशक्तिले स्वर्ग सृष्टि गर्नुभयो: ⓧ उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
6उहाँले पानीमाथि पृथ्वी फैलाउनुभयो: ⓨ उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
7उहाँले ठूला-ठूला ज्योतिहरू बनाउनुभयो: ⓩ उहाँको प्रेम सदाकाल रहिरहन्छ।
8उहाँले दिनमा प्रभुत्व गर्नलाई सूर्य बनाउनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
9उहाँले रातमा प्रभुत्व गर्नलाई चन्द्र र तारा बनाउनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
10उहाँले मिश्रदेशका ज्येष्ठहरूलाई मार्नुभयो: ⓐ उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
11उहाँले उनीहरूका बीचबाट इस्राएललाई निकाली ल्याउनुभयो: ⓑ उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
12उहाँले शक्तिशाली हात र पसार्नुभएको पाखुराले तिनीहरूलाई निकाली ल्याउनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
13उहाँले लाल समुद्रलाई दुई भागमा विभाजित गर्नुभयो: ⓒ उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
14उहाँले इस्राएललाई त्यसको बीचबाट पार गराउनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
15उहाँले फारो र उनको सेनालाई लाल समुद्रमा बगाइदिनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
16उहाँले आफ्ना मानिसहरूलाई उजाड-स्थानको बीचबाट डोर्याउनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
17उहाँले ठूला-ठूला राजाहरूलाई मार्नुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
18उहाँले शक्तिशाली राजाहरूलाई मार्नुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
19उहाँले एमोरीहरूका राजा सीहोनलाई मार्नुभयो: ⓓ उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
20उहाँले बाशानका राजा ओगलाई मार्नुभयो: ⓔ उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
21उहाँले उनको देश पैतृक-सम्पत्तिको रूपमा दिनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
22उहाँले त्यो देश आफ्नो दास इस्राएललाई दिनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
23उहाँले हामीलाई हाम्रो दुर्दशामा स्मरण गर्नुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
24उहाँले हामीलाई हाम्रा शत्रुहरूका हातबाट छुटाउनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
25उहाँले प्रत्येक प्राणीलाई आहार दिनुहुन्छ: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
26स्वर्गका परमेश्वरलाई धन्यवाद देओ, किनभने उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।