भजनसंग्रह 149:1-9 NNRV2012 - Bible AI

1हल्‍लेलूयाह! परमप्रभुको निम्‍ति एउटा नयाँ भजन गाओ, पवित्रजनहरूको समुदायमा उहाँको प्रशंसा गर।

2आफ्‍ना सृष्‍टिकर्तामा इस्राएल रमाओस्‌, सियोनका मानिसहरू आफ्‍ना राजामा आनन्‍दित होऊन्‌।

3नाच्‍दै तिनीहरूले उहाँका नाउँको प्रशंसा गरून्‌, खैँजड़ी र वीणासहित तिनीहरूले उहाँको भजन गाऊन्‌।

4किनकि परमप्रभु आफ्‍ना प्रजासँग प्रसन्‍न हुनुहुन्‍छ, नम्रहरूलाई उद्धारको मुकुट पहिराइदिनुहुन्‍छ।

5पवित्रजनहरू यस्‍तो सम्‍मानमा उल्‍लसित होऊन्‌, अनि आफ्‍ना ओछ्यानमा पनि तिनीहरू आनन्‍दले गाऊन्‌।

6तिनीहरूका मुखमा परमेश्‍वरको स्‍तुति रहोस्‌, र तिनीहरूका हातमा दुईधारे तरवार रहून्‌,

7ताकि जातिहरूका विरुद्धमा तिनीहरूले प्रतिशोध, अनि मानिसहरूलाई दण्‍ड दिन सकून्‌,

8तिनीहरूका राजालाई साङ्‌लाले, र तिनीहरूका भारदारहरूलाई फलामे सिक्रीले बाँध्‍न सकून्‌,

9अनि उनीहरूका विरुद्धमा लेखिएको न्‍याय-दण्‍ड दिन सकून्‌। उहाँका सबै पवित्रजनहरूको यसैमा गौरव छ। हल्‍लेलूयाह!

>