भजनसंग्रह 29:1-11 NNRV2012 - Bible AI

1दाऊदको भजन [1] हे परमेश्‍वरका बलिष्‍ठ हो, परमप्रभुकै गुणानुवाद गर, परमप्रभुलाई महिमा र शक्तिको श्रेय देओ।

2परमप्रभुको नाउँलाई सुहाउँदो महिमाको श्रेय उहाँलाई देओ। उहाँको पवित्रताले सुशोभित भएर परमप्रभुको आराधना गर।

3परमप्रभुको वाणी पानीहरूमाथि छ, महिमाका परमेश्‍वर गर्जनुहुन्‍छ, परमप्रभु शक्तिशाली पानीहरूमाथि गर्जनुहुन्‍छ।

4परमप्रभुको वाणी शक्तिशाली छ, परमप्रभुको आवाज प्रतापी छ।

5परमप्रभुको आवाजले देवदारुहरू भाँचिन्‍छन्‌। परमप्रभुले लेबनानका देवदारुहरू टुक्रा-टुक्रा पार्नुहुन्‍छ।

6उहाँले लेबनानका पर्वतहरूलाई बाछालाई जस्‍तै, र सिरिओन पर्वतलाई [1] जङ्गली साँढ़ेजस्‍तै उफार्नुहुन्‍छ।

7परमप्रभुको वाणीले बिजुलीका चमकसहित प्रहार गर्छ।

8परमप्रभुको वाणीले मरुभूमिलाई हल्‍लाउँछ, परमप्रभुले कादेशको मरुभूमिलाई कम्‍पित पार्दछ।

9परमप्रभुको वाणीले फलाँटका रूखहरूलाई बङ्ग्याइदिन्‍छ, र जङ्गल लाछलुछ पारेर उजाड तुल्‍याउँदछ। अनि उहाँको मन्‍दिरमा सबै “महिमा!” भन्‍दै कराउँछन्‌।

10परमप्रभु बाढ़ीमाथि विराजमान हुनुहुन्‍छ। परमप्रभु सदासर्वदा राजाजस्‍तै सिंहासनमा विराजमान हुनुहुन्‍छ।

11परमप्रभुले आफ्‍ना मानिसहरूलाई शक्ति प्रदान गर्नुहुन्‍छ, परमप्रभु आफ्‍ना मानिसहरूलाई शान्‍तिको वरदान दिनुहुन्‍छ।

>