2सेला
3तर हे परमेश्वर, तपाईं मेरो वरिपरि एक ढाल हुनुहुन्छ, तपाईं मेरो गौरव र मेरो शिर उच्च पारिदिने हुनुहुन्छ।
4म चर्को सोरले परमप्रभुमा पुकार गर्दछु, र उहाँले आफ्नो पवित्र पर्वतबाट मलाई जवाफ दिनुहुन्छ।
5म पल्टन्छु, र निदाइहाल्छु, म फेरि बिउँझन्छु, किनभने परमप्रभुले नै मलाई सम्हाल्नुहुन्छ।
6मेरो विरुद्धमा मेरा चारैतिर घेरा हाल्ने दशौँ हजार शत्रुहरूसँग पनि म डराउनेछैनँ।
7हे परमप्रभु, उठ्नुहोस्! हे मेरा परमेश्वर, मलाई बचाउनुहोस्! मेरा सबै शत्रुहरूका गालामा चड्काउनुहोस्। दुष्टहरूका दाँत भाँचिदिनुहोस्।
8छुटकारा परमप्रभुबाट आउँछ। तपाईंको आशीर्वाद तपाईंका प्रजामाथि रहोस्!