भजनसंग्रह 32:1-11 NNRV2012 - Bible AI

1दाऊदको मस्‍किल भन्‍ने भजन [1] धन्‍य त्‍यो व्‍यक्ति, जसका अपराध क्षमा भएको छ, र जसका पाप ढाकिएका छन्‌।

2त्‍यो मानिस धन्‍य हो, जसलाई परमप्रभुले दोषी ठहराउनुहुन्‍न, र जसको मनमा छलकपट छैन।

3जब म मौन रहें, दिनभरिको मेरो करुण-क्रन्‍दनले मेरा हाड़हरू खिइएर गए।

4किनकि दिनरात तपाईंका बाहुलीको भार ममाथि रह्यो। मेरो शरीरको शक्ति ग्रीष्‍मको तापले भएझैँ सुकिसकेको थियो।

4सेला

5तब मैले आफ्‍नो पाप तपाईंको सामुन्‍ने स्‍वीकार गरें, र मेरो अधर्म मैले लुकाइनँ। मैले भनें, “म आफ्‍ना अपराध परमप्रभुको सामुन्‍ने स्‍वीकार गर्नेछु।” र तपाईंले मेरो पापको दोष क्षमा गर्नुभयो।

5सेला

6यसकारण हरेक भक्तजनले, जबसम्‍म तपाईंलाई प्राप्‍त गर्न सकिन्‍छ, तपाईंमा प्रार्थना गरोस्‌। अनि दु:ख-कष्‍ट र उर्लेको भेलले त्‍यसलाई छुनेछैन।

7तपाईं मेरो आश्रय हुनुहुन्‍छ, तपाईंले मलाई दु:खबाट रक्षा गर्नुहुन्‍छ। तपाईंले मलाई उद्धारका गीतले घेर्नुहुन्‍छ।

7सेला

8म तँलाई शिक्षा दिनेछु, तँ कुन मार्गमा हिँड्‌नुपर्ने सो तँलाई सिकाउनेछु। म तँलाई परामर्श दिनेछु र तँमाथि नजर राख्‍नेछु।

9समझै नभएको घोडा अथवा खच्‍चरजस्‍ता तिमी नहोऊ, जसलाई रोक्‍न लगाम र डोकरि चाहिन्‍छन्‌, नत्रता तिनीहरू तेरो वशमा आउनेछैनन्‌।

10दुष्‍टहरूले धेरै कष्‍ट भोग्‍नुपर्नेछ, तर परमप्रभुमा भरोसा राख्‍नेहरूलाई भने अचूक कृपाले घेर्नेछ।

11हे धर्मात्‍मा हो, परमप्रभुमा आनन्‍दित होओ र हर्ष मनाओ, र सोझो मन भएका हो, तिमीहरू सबै आनन्‍दसाथ जयजयकार गर!

>