भजनसंग्रह 4:1-8 NNRV2012 - Bible AI

1सङ्गीत-निर्देशकको निम्‍ति तार-वाद्यमा दाऊदको भजन [1] हे धार्मिक परमेश्‍वर, मेरा रक्षक! मैले पुकार गर्दा मलाई जवाफ दिनुहोस्‌! सङ्कष्‍टमा पर्दा मलाई आश्रय दिनुहोस्‌। ममाथि अनुग्रह गर्नुहोस्‌, र मेरो प्रार्थना सुन्‍नुहोस्‌।

2हे मानिस हो, तिमीहरू मेरो महिमालाई कहिलेसम्‍म लाजमा परिवर्तन गर्नेछौ? कहिलेसम्‍म तिमीहरू व्‍यर्थका कुराहरू रुचाउनेछौ र असत्‍य देवताहरूको पछि लाग्‍नेछौ?

2सेला

3तिमीहरूलाई थाहा होस्‌, परमप्रभुले भक्तजनहरूलाई आफ्‍नो निम्‍ति छुट्ट्याउनुभएको छ। मैले पुकार गर्दा परमप्रभुले सुन्‍नुहुन्‍छ।

4रीसमा पर्दा पाप नगर। ओछ्यानमा सुत्दा आ-आफ्‍नो हृदयभित्र तलाश गर र शान्‍त रहो।

4सेला

5उचित बलिदानहरू चढ़ाओ, र परमप्रभुमा भरोसा राख।

6धेरैले सोध्‍दैछन्‌, “हामीलाई कसले केही असल कुरा देखाउन सक्‍छ?” हे परमप्रभु, तपाईंका मुहारको ज्‍योति हामीमाथि प्रकाशित गर्नुहोस्‌!

7तिनीहरूका अन्‍न र नयाँ दाखमद्यको प्रशस्‍ततामा हुने आनन्‍दभन्‍दा बढ़ी आनन्‍दले तपाईंले मेरो हृदय भर्नुभएको छ।

8शान्‍तिमा म पल्‍टिनेछु र निदाउनेछु, किनकि हे परमप्रभु, तपाईंले मात्र मलाई सुरक्षित राख्‍नुहुन्‍छ।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
/div>