भजनसंग्रह 47:1-9 NNRV2012 - Bible AI

1सङ्गीत-निर्देशकको निम्‍ति कोरहवंशीको भजन [1] हे सबै जाति हो, ताली बजाओ, उच्‍च स्‍वरले परमेश्‍वरको जय-जयकार गर।

2सर्वोच्‍च परमप्रभु कस्‍तो भययोग्‍य हुनुहुन्‍छ, सारा पृथ्‍वीका महान्‌ राजा!

3उहाँले जातिहरूलाई हाम्रो अधीनमा ल्‍याउनुभयो, र मानिसहरूलाई हाम्रा पैतालामुनि पार्नुभयो।

4उहाँले हाम्रा निम्‍ति उत्तराधिकार छान्‍नुभयो, याकूबको गौरव, जसलाई उहाँले प्रेम गर्नुहुन्‍थ्‍यो।

4सेला

5परमेश्‍वर आनन्‍दको ध्‍वनिसाथ माथि उक्‍लनुभएको छ, परमप्रभु तुरहीको आवाजसित जानुभएको छ।

6परमेश्‍वरको प्रशंसा गाओ, स्‍तुति गाओ। हाम्रा राजाको प्रशंसा गाओ, स्‍तुति गाओ।

7किनकि सारा पृथ्‍वीका राजा परमेश्‍वर नै हुनुहुन्‍छ। उहाँको निम्‍ति प्रशंसाको एउटा भजन गाओ।

8परमेश्‍वर जाति-जातिहरूमाथि राज्‍य गर्नुहुन्‍छ, परमेश्‍वर आफ्‍नो पवित्र सिंहासनमा विराजमान हुनुहुन्‍छ।

9अब्राहामका परमेश्‍वरको प्रजाझैँ जाति-जातिका शासकहरू भेला भएका छन्‌, किनकि पृथ्‍वीका राजाहरू परमेश्‍वरकै हातमा छन्‌। उहाँ अति उच्‍च हुनुहुन्‍छ।