1सङ्गीत-निर्देशकको निम्ति कोरहवंशीको भजन [1] हे सबै मानिसहरू हो, सुन, संसारका सबै निवासीहरू हो, सुन,
2उच्च र नीच, धनी र गरीब सबै ध्यान देओ:
3मेरो मुखले बुद्धिका कुरा बोल्नेछ, मेरो मनले बोलेका कुराले समझदारी प्रदान गर्नेछ।
4म एउटा हितोपदेशमा ध्यान दिनेछु, वीणा बजाएर म आफ्नो अड्को फुकाउनेछु।
5दु:खका दिन आउँदा, अनि खेदो गर्नेहरूको दुष्टताले मलाई घेर्दा म किन डराउने?
6तिनीहरू आफ्नो सम्पत्तिमाथि भरोसा राख्छन्, र आफ्नो ठूलो धनराशिको अहङ्कार गर्छन्,
7कुनै मानिसले मोल तिरेर अर्कालाई कदापि छुटाउन सक्दैन, वा परमेश्वरलाई उसको जीवनको मोल त्यसले दिन सक्दैन।
8जीवनको मोल बहुमूल्य हुन्छ, कुनै भुक्तानी कहिल्यै यथेष्ट हुँदैन।
9यस्तो कोही छैन जो सधैँ बाँचिरहन्छ, र कहिल्यै कुहुनुपर्दैन।
10किनकि सबैले देख्न सक्छन् कि बुद्धिमान् मानिस पनि मर्दारहेछन्, मूर्ख र विवेकहीन मानिसहरू पनि नष्ट हुन्छन्, र तिनीहरूले आफ्ना धन-सम्पत्ति अरूहरूका लागि छोड्छन्।
11तिनीहरूका चिहान सदाकाल तिनीहरूका घर हुन्छन्, पुस्तौँसम्म ती तिनीहरूका वासस्थान हुनेछन्, यद्यपि तिनीहरूले आफ्नै नाउँमा जमिनको नाउँ राखेका थिए।
12तर मानिस आफूसँग धन-सम्पत्ति भए पनि टिकिरहन सक्दैन, त्यो त नष्ट हुने पशुतुल्य छ।
13आफूमाथि भर पर्नेहरूको गति यस्तै हुन्छ, र तिनीहरूका कुरालाई समर्थन गरेर तिनीहरूका पछि लाग्नेहरूको गति पनि यस्तै हुन्छ।
15सेला
16कोही धनी भयो र त्यसको घरको गौरव बढ़्यो भने तिमीहरू नडराओ।
17किनकि त्यो मर्दा त्यसले आफूसँग केही पनि लैजानेछैन, त्यसको गौरव त्यसको पछिपछि जानेछैन।
18त्यो बाँचुञ्जेल आफूलाई त्यसले धन्यको ठान्यो— कारण मानिसहरूले कोही मानिसको उन्नति हुँदा त्यसको प्रशंसा गर्छन्—
19तापनि त्यो आफ्नो पिता-पुर्खाको पुस्तामा मिल्न जानेछ, जसले फेरि कहिल्यै जीवनको ज्योति देख्नेछैनन्।
20समझशक्ति नभएको धनी मानिस नष्ट हुने पशुतुल्य हो।