1सङ्गीत-निर्देशकको निम्ति तार-वाद्यमा दाऊदको मस्किल [1] हे परमेश्वर, तपाईंको नाउँले मलाई बचाउनुहोस्, र तपाईंको पराक्रमले मलाई निर्दोष साबित गरिदिनुहोस्।
2हे परमेश्वर, मेरो प्रार्थना सुनिदिनुहोस्, मेरो मुखका शब्दहरूमा ध्यान दिनुहोस्।
3विदेशीहरूले मलाई आक्रमण गर्छन्, ⓛ निर्दयीहरू मलाई मार्न खोज्दछन्, त्यस्ता मानिसहरू जसले परमेश्वरको श्रद्धा गर्दैनन्।
3सेला
4निश्चय नै परमेश्वर मेरा सहायक हुनुहुन्छ, परमप्रभु, जसले मलाई थाम्नुहुन्छ।
5ज-जसले मेरो बदनाम गर्छन्, तिनीहरूमाथि खराबी परोस्, तपाईंको विश्वसनीयताले तिनीहरूलाई सर्वनाश गर्नुहोस्।
6म तपाईंलाई स्वेच्छाको बलि चढ़ाउनेछु, हे परमप्रभु, म तपाईंका नाउँको प्रशंसा गर्नेछु, किनकि त्यो असल छ।
7किनकि उहाँले मलाई सबै कष्टहरूबाट छुटाउनुभएको छ। मैले मेरा शत्रुहरूलाई विजयको दृष्टिले हेरेको छु।