1सङ्गीत-निर्देशकको निम्ति “विनाश नहोस्” को रागअनुसार दाऊदको मिक्ताम[1] मलाई मेरा शत्रुहरूबाट छुटाउनुहोस्, हे मेरा परमेश्वर, मेरो विरुद्धमा खड़ा हुनेहरूबाट मलाई रक्षा गर्नुहोस्।
2कुकर्मीहरूबाट मलाई छुटकारा दिनुहोस्, र रक्त-प्यासी मानिसहरूबाट मलाई बचाउनुहोस्।
3हेर्नुहोस्, तिनीहरू कसरी मेरो प्राण लिनलाई ढुकेर बसेका छन्। ⓟ हे परमप्रभु, मेरो कसूरैविना अथवा पापैविना क्रूर मानिसहरू मेरो विरुद्धमा षड्यन्त्र गर्दछन्।
4मेरो कसूरैविना तिनीहरू मलाई आक्रमण गर्न तयार छन्। मलाई सहायता गर्न उठ्नुहोस्, मेरो दशामाथि दृष्टि गर्नुहोस्।
5हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर, इस्राएलका परमेश्वर, सबै जातिहरूलाई दण्ड दिन जाग्नुहोस्, दुष्ट विश्वासघातीहरूमाथि कुनै दया नदेखाउनुहोस्।