भजनसंग्रह 61:1-8 NNRV2012 - Bible AI

1सङ्गीत-निर्देशकको निम्‍ति— तार वाद्यमा दाऊदको भजन [1] मेरो क्रन्‍दन सुन्‍नुहोस्‌, हे परमेश्‍वर, मेरो प्रार्थनामा ध्‍यान दिनुहोस्‌।

2जब मेरो हृदय व्‍याकुल हुन्‍छ, पृथ्‍वीको पल्‍लो छेउबाट म तपाईंको पुकारा गर्छु, मलाई त्‍यो चट्टानमा लैजानुहोस्‌ जो मभन्‍दा अग्‍लो छ।

3किनकि तपाईं मेरो शरणस्‍थान, शत्रुहरूको विरुद्धमा एउटा बलियो धरहरा हुनुहुन्‍छ।

4तपाईंको वासस्‍थानमा सधैँ बस्‍ने, तपाईंका पखेटाको आड़मा शरण लिने मेरो चाहना छ।

4सेला

5किनकि हे परमेश्‍वर, तपाईंले मेरा भाकलहरू सुन्‍नुभएको छ, तपाईंका नाउँको भय मान्‍नेहरूको उत्तराधिकार तपाईंले मलाई दिनुभएको छ।

6राजालाई दीर्घायु दिनुहोस्‌, धेरै पुस्‍तासम्‍म उनको आयु बढ़ाउनुहोस्‌।

7उनी परमेश्‍वरको सामुन्‍ने सदासर्वदा सिंहासनमा विराजमान होऊन्‌, तपाईंको प्रेम र विश्‍वसनीयतालाई उनको सुरक्षाका निम्‍ति खटाइदिनुहोस्‌।

8तब म तपाईंका नाउँको सदासर्वदा प्रशंसा गाउनेछु, र दिनहुँ मेरा भाकलहरू पूरा गर्नेछु।