भजनसंग्रह 67:1-7 NNRV2012 - Bible AI

1सङ्गीत-निर्देशकको निम्‍ति तार-वाद्यमा एउटा भजन [1] परमेश्‍वरले हामीप्रति अनुग्रह गरून्‌ र हामीलाई आशीर्वाद देऊन्‌ र आफ्‍नो मुहार हामीमाथि प्रकाशित गरिदेऊन्‌। सेला

2र तपाईंको मार्ग पृथ्‍वीमा प्रकट होस्‌, र तपाईंको उद्धार सबै जातिहरूलाई थाहा होस्‌।

3हे परमेश्‍वर, मानिसहरूले तपाईंको प्रशंसा गरून्‌, सबै मानिसहरूले तपाईंको प्रशंसा गरून्‌।

4जाति-जातिहरू प्रसन्‍न होऊन्‌ र आनन्‍दले गीत गाऊन्‌, किनकि तपाईंले मानिसहरूमाथि न्‍यायपूर्वक शासन गर्नुहुन्‍छ, अनि पृथ्‍वीका जातिहरूलाई मार्गदर्शन गर्नुहुन्‍छ।

4सेला

5हे परमेश्‍वर, मानिसहरूले तपाईंको प्रशंसा गरून्‌। सबै मानिसहरूले तपाईंको प्रशंसा गरून्‌।

6तब पृथ्‍वीले आफ्‍नो उब्‍जनी बढ़ाउनेछ, र परमेश्‍वर, हाम्रा परमेश्‍वरले हामीलाई आशीर्वाद दिनुहुनेछ।

7परमेश्‍वरले हामीलाई आशीर्वाद निरन्‍तर दिनुहुनेछ, अनि पृथ्‍वीका सबै सीमान्‍तले उहाँको डर मान्‍नेछन्‌।