भजनसंग्रह 70:1-5 NNRV2012 - Bible AI

1सङ्गीत-निर्देशकको निम्‍ति सम्‍झनाको निम्‍ति दाऊदको भजन [1] हे परमेश्‍वर, मेरो उद्धार गर्न छिटो गर्नुहोस्‌, हे परमप्रभु, मलाई मदत गर्न चाँड़ै आउनुहोस्‌।

2मेरो प्राण लिन खोज्‍नेहरू लाज र अन्‍योलमा परून्‌। मेरो विनाशको कामना गर्नेहरू सबै पिठिउँ फर्काएर जाऊन्‌ र अपमानित होऊन्‌।

3मेरो ठट्टा उड़ाउनेहरू आफ्‍नै लाजले गर्दा व्‍याकुल होऊन्‌।

4तर ज-जसले तपाईंलाई खोज्‍छन्‌, ती सबै तपाईंमा रमाऊन्‌ र आनन्‍दित होऊन्‌। तपाईंको मुक्तिलाई प्रेम गर्नेहरूले निरन्‍तर भनून्‌, “परमेश्‍वरको नाउँ उच्‍च होस्‌!”

5तर म त गरीब र दरिद्र छु, मकहाँ चाँड़ै आउनुहोस्‌, हे परमेश्‍वर। तपाईं मेरा सहायक र मलाई छुटकारा दिने हुनुहुन्‍छ। हे परमप्रभु, विलम्‍ब नगर्नुहोस्‌।