भजनसंग्रह 82:1-8 NNRV2012 - Bible AI

1आसापको भजन [1] परमेश्‍वर ठूलो समुदायमा विराजमान हुनुहुन्‍छ, “देवहरूका” बीचमा उहाँले न्‍याय गर्नुहुन्‍छ।

2तिमीहरू कहिलेसम्‍म अन्‍यायीहरूको पक्ष लिइबस्‍छौ, र दुष्‍टहरूको ओड़ थाप्‍छौ?

2सेला

3दुर्बल र अनाथहरूको रक्षा गर, गरीब र थिचोमिचोमा परेकाहरूको न्‍याय गर।

4दुर्बल र दरिद्रहरूलाई छुटाओ, दुष्‍टहरूका हातबाट तिनीहरूलाई छुटकारा देओ।

5“तिनीहरूको न ज्ञान छ, न समझ, तिनीहरू अन्‍धकारमा यताउता डुल्‍छन्‌। पृथ्‍वीका सारा जग नै हल्‍लिएका छन्‌।

6“मैले भनें, “तिमीहरू “देव” हौ, र तिमीहरू सबै सर्वोच्‍चका छोराहरू हौ।’

7तापनि तिमीहरू मानिसहरूझैँ मर्नेछौ, र अरू शासकझैँ तिमीहरूको पतन हुनेछ।”

8हे परमेश्‍वर, उठ्‌नुहोस्‌, पृथ्‍वीको न्‍याय गर्नुहोस्‌, किनकि सारा जातिहरू तपाईंको उत्तराधिकार हुन्‌।