भजनसंग्रह 87:1-7 NNRV2012 - Bible AI

1कोरहवंशीको भजन [1] परमेश्‍वरले आफ्‍नो जग पवित्र पर्वतमा स्‍थापना गर्नुभएको छ।

2याकूबका सबै वासस्‍थानहरूभन्‍दा परमप्रभु सियोनका ढोकाहरूलाई बढ़ी प्रेम गर्नुहुन्‍छ।

3हे परमेश्‍वरको सहर, तिम्रो विषयमा महिमामय कुराहरू भनिएका छन्‌:

3सेला

4“मलाई स्‍वीकार गर्नेहरूमध्‍ये म राहाब र बेबिलोनलाई दर्ता गर्नेछु, पलिश्‍त, टुरोस र कूशलाई समेत, र भन्‍नेछु, ‘योचाहिँ सियोनमा जन्‍मेको थियो’।”

5सियोनको विषयमा चाहिँ यो भनिनेछ, “यो र त्‍यो त्‍यहीँ जन्‍मेका थिए, अनि सर्वोच्‍च प्रभुले नै त्‍यसलाई स्‍थापित गर्नुहुनेछ।”

6परमप्रभुले मानिसहरूका नाउँ दर्ता-बहीमा लेख्‍नुहुनेछ, “योचाहिँ सियोनमा जन्‍मेको थियो।”

6सेला

7सङ्गीत बजाउँदा तिनीहरूले गाउनेछन्‌, “मेरा सबै पानीका मूलहरू तँमा नै छन्‌।”