1आओ, परमप्रभुको निम्ति हामी आनन्दले गाऔं, हाम्रो उद्धारको चट्टानकहाँ चर्को सोरले कराऔं।
2धन्यवाद चढ़ाउँदै उहाँको सामुन्ने आऔं, भजन र गीतले उहाँको प्रशंसा गरौं।
3किनकि परमप्रभु महान् परमेश्वर हुनुहुन्छ, सारा देवहरूमाथिका महाराजा।
4उहाँको बाहुलीमा पृथ्वीका गहिरा-गहिरा स्थानहरू छन्, र पहाड़का शिखरहरू उहाँकै हुन्।
5समुद्र उहाँको हो, उहाँले नै त्यसलाई बनाउनुभएको हो, र सुक्खा भूमि उहाँले नै रच्नुभएको हो।
6आओ, दण्डवत् गरौं र निहुरौं, हाम्रा सृष्टिकर्ता परमेश्वरकै सामु घुँड़ा टेकौं,
7किनभने उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ, ⓣ ⓤ र हामी उहाँको खर्कका प्रजा, र उहाँका हातका भेड़ाहरू हौं। आज तिमीहरूले उहाँको शब्द सुन्यौ भने,
8 ⓥ तिमीहरूले मेरीबामा [1] गरेजस्तै आफ्ना हृदय कठोर नपार, जस्तो तिमीहरूले त्यस दिन मरुभूमिमा भएको मस्साहमा [2] गरेका थियौ,
9जहाँ मैले गरेका काम तिमीहरूका पूर्वजहरूले देखेका भए तापनि तिनीहरूले मलाई जाँच गरे र मेरो परीक्षा गरे।
10चालीस वर्षसम्म त्यस पुस्तासँग म क्रोधित भएँ, र मैले भनें, “यी त्यस्ता मानिस हुन्, जसका हृदय बरालिएर जान्छन्, र तिनीहरूले मेरा मार्ग चिनेका छैनन्।”
11यसैले मैले आफ्नो क्रोधमा यसरी शपथ खाएँ, ⓦ “मेरो विश्राममा तिनीहरू कहिल्यै पस्नेछैनन्।”