1परमप्रभुले राज्य गर्नुहुन्छ, ⓩ जाति-जातिहरू कम्पायमान होऊन्। उहाँ करूबहरूका बीचमा विराजमान हुनुहुन्छ, पृथ्वी हल्लिउठोस्।
2परमप्रभु सियोनमा महान् हुनुहुन्छ, र उहाँ सबै जातिहरूमाथि सर्वोच्च हुनुहुन्छ।
3तिनीहरूले तपाईंको महान् र भय मान्नुपर्ने नाउँको प्रशंसा गरून्— उहाँ पवित्र हुनुहुन्छ।
4राजा सर्वशक्तिमान् हुनुहुन्छ, उहाँ न्याय मन पराउनुहुन्छ— तपाईंले निष्पक्षता स्थापित गर्नुभएको छ, तपाईंले याकूबमा न्याय र धार्मिकता सम्पन्न गर्नुभएको छ।
5परमप्रभु हाम्रा परमेश्वरको नाउँ उच्च पार, र उहाँको पाउदानमा आराधना गर, उहाँ पवित्र हुनुहुन्छ।
6मोशा र हारून उहाँका पूजाहारीहरूमध्येका थिए, र परमप्रभुको पुकारा गर्नेहरूमध्येका शमूएल थिए। तिनीहरूले परमप्रभुको पुकारा गरे, र उहाँले तिनीहरूलाई जवाफ दिनुभयो।
7उहाँले बादलको खामोबाट तिनीहरूसित बोल्नुभयो। ⓐ उहाँले तिनीहरूलाई दिनुभएको कानून र विधिहरू तिनीहरूले पालन गरे।
8हे परमप्रभु हाम्रा परमेश्वर, तपाईंले तिनीहरूलाई जवाफ दिनुभयो, तपाईं इस्राएलीहरूका निम्ति क्षमाशील परमेश्वर हुनुहुन्थ्यो, यद्यपि तपाईंले तिनीहरूका दुष्ट कामहरूको बदला पनि दिनुभयो।
9परमप्रभु हाम्रा परमेश्वरको नाउँ उच्च पार, र उहाँको पवित्र पर्वतमा उपासना गर, किनकि परमप्रभु हाम्रा परमेश्वर पवित्र हुनुहुन्छ।