1यरूशलेमबाट आएका फरिसीहरू र शास्त्रीहरू येशूकहाँ आए, र भने,
2“तपाईंका चेलाहरूले पुर्खाहरूको परम्परा किन भङ्ग गर्दछन्? किनकि तिनीहरू खान अघि आफ्ना हात धुँदैनन्।”
3उहाँले तिनीहरूलाई भन्नुभयो,
4
5
6
7
8
9
10उहाँले मानिसहरूलाई आफूकहाँ बोलाउनुभयो र तिनीहरूलाई भन्नुभयो,
11
12यसपछि चेलाहरू आएर उहाँलाई भने, “के तपाईंलाई थाहा छ, फरिसीहरू तपाईंका कुरा सुनेर चिढ़िएका छन्?”
13तर उहाँले भन्नुभयो,
14
15पत्रुसले उहाँलाई भने, “हामीलाई यस दृष्टान्तको अर्थ बताइदिनुहोस्।”
16उहाँले भन्नुभयो,
17
18
19
20
21तब येशू त्यहाँबाट निस्कनुभयो, र टुरोस र सीदोनका इलाकातिर जानुभयो।
22त्यस इलाकाबाट एउटी कनानी स्त्री आएर कराउँदै भन्न लागी, “हे प्रभु, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्। मेरी छोरीलाई भूतले साह्रै सताएको छ।”
23येशूले त्यसलाई केही जवाफ दिनुभएन। उहाँका चेलाहरूले आएर उहाँलाई बिन्ती गरे, “यसलाई बिदा गर्नुहोस्, किनभने त्यो कराउँदै हाम्रो पछि लागिरहिछे।”
24उहाँले भन्नुभयो,
25तर त्यो स्त्री आएर उहाँको अघि घोप्टो परी र भनी, “हे प्रभु, मलाई सहायता गर्नुहोस्।”
26उहाँले भन्नुभयो,
27त्यसले भनी, “हो प्रभु, तर कुकुरहरूले पनि त आफ्ना मालिकको टेबिलबाट झरेका टुक्राटाक्री खान्छन्।”
28तब येशूले त्यसलाई जवाफ दिनुभयो,
29येशू त्यहाँबाट निस्केर गालील समुद्रको किनार भएर जानुभयो, र पहाड़माथि उक्लेर त्यहाँ बस्नुभयो।
30तब ठूला-ठूला भीड उहाँकहाँ आए, र तिनीहरूले साथमा ल्याएका लङ्गड़ा, लुला, अन्धा, गूँगा र अरू धेरैलाई उहाँका चरणमा राखिदिए, अनि उहाँले तिनीहरूलाई निको पारिदिनुभयो,
31यहाँसम्म कि, गूँगाहरू बोलेका, लुलाहरू निको भएका, लङ्गड़ा हिँड़ेका, र अन्धाहरूका आँखा खोलिएका देखेर मानिसहरू छक्क परे, र तिनीहरूले इस्राएलका परमेश्वरको महिमा गरे।
32तब येशूले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो,
33चेलाहरूले उहाँलाई भने, “यस्तो ठूलो भीड़लाई यस निर्जन ठाउँमा खुवाउनु हामीले कहाँबाट यति धेरै रोटी पाउने?
34येशूले तिनीहरूलाई भन्नुभयो,
35उहाँले भीड़लाई भूइँमा बस्ने आज्ञा दिनुभयो।
36उहाँले ती सात रोटी र माछा लिएर धन्यवाद चढ़ाउनुभएपछि भाँचेर चेलाहरूलाई दिनुभयो, अनि चेलाहरूले मानिसहरूलाई दिए।
37तिनीहरू सबैले खाए र तृप्त भए। र उब्रेका टुक्राहरू तिनीहरूले सात डालाभरि उठाए।
38स्त्रीहरू र केटाकेटीहरूबाहेक खानेहरू चार हजार पुरुषहरू थिए।
39तब भीड़लाई बिदा गरिसकेपछि उहाँ डुङ्गामा चढ्नुभयो, र मगादानको इलाकातिर जानुभयो।