1फरिसीहरू र सदुकीहरू आए, र उहाँलाई जाँच गर्न स्वर्गबाट एउटा चिन्ह देखाइदिने उहाँसँग माग राखे। ⓐ
2तर उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “साँझ परेपछि तिमीहरू भन्छौ, ‘भोलि दिन राम्रो हुने रहेछ, किनकि आकाश रातो छ।’
3बिहानचाहिँ भन्छौ, ‘आकाश रातो र बादलले ढाकेको छ, आज आँधी आउने रहेछ।’ तिमीहरू आकाशको अवस्था हेरेर दिन कस्तो हुन्छ छुट्ट्याउन जान्दछौ, तर समयका चिन्हको अर्थ खोल्न सक्दैनौ।
4दुष्ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्दछ, तर योनाको चिन्हबाहेक अरू चिन्ह त्यसलाई दिइनेछैन।” अनि तिनीहरूलाई छोड़ेर उहाँ जानुभयो। ⓑ
17येशूले तिनलाई भन्नुभयो, “योनाको छोरो सिमोन, तिमी धन्य हौ। किनभने मानिसबाट तिमीलाई यो प्रकट भएको होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो।
18म तिमीलाई भन्दछु, कि तिमी पत्रुस हौ। म मेरो मण्डली [1]यस चट्टानमाथि स्थापित गर्नेछु, र नरकका ढोकाहरू त्यसमाथि विजयी हुनेछैनन्।
19म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु। जे तिमीले पृथ्वीमा बाँध्नेछौ, सो स्वर्गमा बाँधिनेछ, र जे तिमीले पृथ्वीमा फुकाऔला, सो स्वर्गमा फुकाइनेछ।” ⓗ
20उहाँ ख्रीष्ट हुनुहुन्छ भनी कसैलाई नभन्नू भनी येशूले चेलाहरूलाई कड़ा आज्ञा दिनुभयो।
21उहाँ कसरी यरूशलेममा जानुपर्छ, र धर्म-गुरु र मुख्य पूजाहारीहरू र शास्त्रीहरूबाट धेरै कष्ट भोग्नुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवित भइउठ्नुपर्छ भनी उहाँले त्यस बेलादेखि आफ्ना चेलाहरूलाई बताउन थाल्नुभयो।