1यी कुरा बोल्नुभएपछि येशू गालीलबाट यर्दनपारि यहूदाको इलाकातिर जानुभयो।
2ठूला भीड़हरू उहाँको पछि लागे र उहाँले त्यहाँ मानिसहरूलाई निको पार्नुभयो।
3फरिसीहरू उहाँकहाँ आएर उहाँलाई जाँच गर्न भनी उहाँलाई सोधे, “के कसैले कुनै कारण पत्नीसँग विवाहविच्छेद गर्न उचित छ?”
4तर उहाँले भन्नुभयो, “के तिमीहरूले पढ़ेका छैनौ, कि सृष्टिकर्ताले तिनीहरूलाई सुरुमा नै नर र नारी बनाउनुभयो, ⓐ
5र भन्नुभयो, ‘यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड़ेर आफ्नी पत्नीसँग मिलिरहन्छ, र ती दुई जना एउटै शरीर हुनेछन्।’ ⓑ
6ती अब दुई होइनन्, तर एउटै शरीर हुन्छन्। यसकारण परमेश्वरले जसलाई एकसाथ जोड्नुभएको छ, त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्।”
7तिनीहरूले उहाँलाई भने, “मोशाले किन विवाहविच्छेदको त्यागपत्र दिएर पत्नीलाई त्याग्ने आज्ञा दिए?” ⓒ
8उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूका हृदयको कठोरताले गर्दा नै मोशाले पत्नीलाई त्याग गर्ने अनुमति तिमीहरूलाई दिएका हुन्। तर सुरुदेखि यस्तो थिएन।
9म तिमीहरूलाई भन्दछु, जसले व्यभिचारको कारणबाहेक आफ्नी पत्नीलाई त्यागेर अर्कीसँग विवाह गर्छ, त्यसले व्यभिचार गर्दछ, अनि जसले त्यागिएकीलाई विवाह गर्छ, त्यसले पनि व्यभिचार गर्दछ।” ⓓ
10चेलाहरूले उहाँलाई भने, “पति-पत्नीको यस्तै सम्बन्ध हो भनेता, विवाह नगर्नु नै असल हुनेछ।”
11येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “सबै मानिसले यो वचन ग्रहण गर्न सक्दैनन्, केवल तिनीहरूले मात्र सक्छन् जसलाई यो दिइएको छ।
12किनकि कोही जन्मँदै नपुंसक हुन्छन्, कतिचाहिँ मानिसले बनाएका नपुंसक हुन्छन्। कतिचाहिँ आफैले आफैलाई स्वर्ग-राज्यको निम्ति नपुंसक बनाउँछन्। जसले यो ग्रहण गर्न सक्छ, त्यसले त्यो ग्रहण गरोस्।”
13येशूले बालकहरूमाथि हात राखी प्रार्थना गरिदेऊन् भनी मानिसहरूले तिनीहरूलाई उहाँकहाँ ल्याए। अनि चेलाहरूले ती मानिसहरूलाई हप्काए।
15अनि बालकहरूमाथि हात राख्नुभएपछि उहाँ त्यहाँबाट जानुभयो।
16उहाँकहाँ आएर एक जनाले भने, “हे गुरु, मैले अनन्त जीवन प्राप्त गर्नलाई के असल काम गर्नुपर्छ?”
17उहाँले तिनलाई भन्नुभयो, “असल के हो त्यस विषयमा तिमी मलाई किन सोध्दछौ? असल त एउटै मात्र हुनुहुन्छ। तर तिमी जीवनमा प्रवेश गर्न इच्छा गर्दछौ भने, आज्ञाहरू पालन गर।”
19आफ्ना आमा-बुबाको आदर गर्नू, र आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू।” ⓕ
20ती जवान मानिसले उहाँलाई भने, “यी सब त मैले पालन गरेकै छु। अब ममा के कमी छ?”
21येशूले तिनलाई भन्नुभयो, “तिमी सिद्ध हुन चाहन्छौ भने, गएर तिमीसित भएका सबै बेचेर दरिद्रहरूलाई देऊ, र तिमीले स्वर्गमा धन प्राप्त गर्नेछौ, अनि आएर मपछि लाग।”
22जब ती जवान मानिसले यो कुरा सुने, तिनी दुःखित भएर गइहाले, किनकि तिनको धेरै धन-सम्पत्ति थियो।
23अनि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, स्वर्गको राज्यमा धनी मानिसलाई प्रवेश गर्नु गाह्रो पर्नेछ।
25यो सुनेर चेलाहरूले अति आश्चर्य मानी सोधे, “तब कसले उद्धार पाउन सक्छ?”
26येशूले तिनीहरूमाथि दृष्टि लगाई भन्नुभयो, “मानिसहरूका लागि यो असम्भव छ, तर परमेश्वरको लागि सबै कुरा सम्भव छ।”
27तब पत्रुसले उहाँलाई भने, “हेर्नुहोस् हामीले त सबै थोक छोड़ेर तपाईंको पछि लागेका छौं। हामीले चाहिँ के पाउनेछौं?”
28येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरू जो मेरो पछि लागेका छौ, नयाँ सृष्टिमा जब मानिसको पुत्र आफ्नो महिमाको सिंहासनमा बस्नेछ, तब तिमीहरू पनि बाह्र सिंहासनमा बस्नेछौ, र इस्राएलका बाह्र कुलमाथि इन्साफ गर्नेछौ। ⓖ
29हरेक जसले मेरो नाउँको खातिर घर, दाजुभाइ वा दिदी-बहिनी अथवा बुबा वा आमा वा छोरा-छोरी वा जग्गाजमिन छोड़ेको छ, त्यसले सय गुणा पाउनेछ, र अनन्त जीवनको अधिकार पाउनेछ।
30तर धेरै जो पहिला छन् पछि पर्नेछन्, र पछि हुनेहरूचाहिँ पहिला हुनेछन्।” ⓗ