12तिनीहरू भन्न लागे, ‘यी पछिल्लाहरूले एक घण्टा मात्र काम गरे, तर तपाईंले तिनीहरूलाई हामी दिनभरिको भार बोक्नेहरू र चर्को गर्मी सहनेहरूसरह तुल्याउनुभएको छ।’
13“तर उसले तिनीहरूमध्ये एक जनालाई जवाफ दियो, “मित्र, मैले तिमीमाथि केही अन्याय गरेको छैनँ। के तिमीले मसँग पूरा एक दिनको ज्यालामा काम गर्ने कबूल गरेका होइनौ?
14तिम्रो पाउने ज्याला लिएर जाऊ। यस पछिल्लालाई पनि तिमीलाई दिएजति म दिन चाहन्छु।
15मेरो जति छ, त्यो म आफूले चाहेजस्तो गर्न सक्दिनँ र? मेरो उदारतामा तिम्रो आँखा किन जल्ने?
16“यसरी नै पछिल्ला पहिला हुनेछन् र पहिला पछिल्ला हुनेछन्।” ⓙ
18“हामी यरूशलेमतिर जाँदैछौं। अब मानिसको पुत्र मुख्य पूजाहारीहरू र शास्त्रीहरूका हातमा सुम्पिइनेछ, र तिनीहरूले उसलाई मृत्युदण्डको दोषी ठहराउनेछन्।
19उसलाई गिल्ला गर्न, कोर्रा लाउन, र क्रूसमा टाँग्न भनी तिनीहरूले उसलाई अन्यजातिहरूका हातमा सुम्पनेछन्, र तेस्रो दिनमा ऊ जीवित भई उठ्नेछ।”
21तिनले उहाँलाई भनिन्, “आज्ञा गर्नुहोस् र तपाईंको राज्यमा, मेरा यी दुई छोराहरूमध्ये एउटा तपाईंको दाहिने हातपट्टि, र अर्को तपाईंको देब्रे हातपट्टि बस्न पाऊन्।”
22तर येशूले जवाफ दिनुभयो, “तिमीहरू के मागिरहेछौ सो जान्दैनौ। जुन कचौरा मैले पिउन लागेको छु, के त्यो तिमीहरू पिउन सक्छौ?” तिनीहरूले भने, “सक्छौं।”
23उहाँले भन्नुभयो, “मेरो कचौरा तिमीहरू पिउनेछौ, तर मेरो दाहिने र देब्रेपट्टि बस्न दिने कुरो मेरो हातमा छैन। यी स्थान तिनीहरूका हुन्, जसका निम्ति मेरा पिताले तयार गरिसक्नुभएको छ।”
24यो सुनेर दशै जना ती दुई भाइसँग रुष्ट भए।
25तर येशूले तिनीहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो, “तिमीहरूलाई थाहा नै छ, कि अन्यजातिका शासकहरूले तिनीहरूमाथि निरङ्कुश शासन गर्दछन्, र ठूलाठालुहरूले तिनीहरूमाथि अधिकार जमाउँछन्। ⓚ
26तिमीहरूका बीचमा यस्तो हुनेछैन, तर जो तिमीहरूमा ठूलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको सेवक हुनुपर्छ। ⓛ
27जो तिमीहरूमध्ये पहिलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको कमारो हुनुपर्छ,
28जसरी मानिसको पुत्र पनि सेवा पाउनलाई होइन तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिन आयो।”
29उहाँहरू यरीहोबाट जाँदैगर्नुहुँदा, एउटा ठूलो भीड उहाँको पछि लाग्यो।
30बाटोको छेउमा बसिरहेका दुई जना अन्धाहरूले येशू त्यो बाटो जाँदैहुनुहुन्छ भन्ने सुनेर यसो भनी चिच्च्याए, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्।”
31भीड़ले तिनीहरूलाई चूप लाग भनी हप्कायो, तर तिनीहरू यसो भन्दै झन् साह्रो कराए, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्।”
32तब येशू अड़िनुभयो र तिनीहरूलाई बोलाएर भन्नुभयो, “तिमीहरू के चाहन्छौ? म तिमीहरूका निम्ति के गरिदिऊँ?”
33तिनीहरूले उहाँलाई भने, “हे प्रभु, हाम्रा आँखा खोलिदिनुहोस्।”
34येशूले टिठ्याएर तिनीहरूका आँखा छोइदिनुभयो र उत्तिखेरै तिनीहरूले दृष्टि पाए र तिनीहरू उहाँको पछि लागे।