1येशूले यी सबै कुरा भनिसक्नुभएपछि आफ्ना चेलाहरूलाई भन्नुभयो,
2
3तब कैयाफा नामक प्रधान पूजाहारीको दरबारमा मुख्य पूजाहारीहरू र जनताका धर्म-गुरुहरू भेला भए।
4र तिनीहरूले येशूलाई कसरी छलसित पक्रने र मार्ने भनी मतो गरे।
5तर तिनीहरूले भने, “चाड़को बेलामा होइन। नत्रता मानिसहरूमा खैलाबैला हुनेछ।”
6येशू बेथानियामा सिमोन कुष्ठरोगीको घरमा हुनुहुँदा,
7एउटी स्त्री सिङ्गमरमरको एउटा शीशीमा बहुमूल्य अत्तर लिएर उहाँकहाँ आई, र उहाँ खान बस्नुहुँदा तिनले त्यो उहाँको शिरमा खन्याई।
8यो देखेर चेलाहरूलाई रीस उठ्यो, र तिनीहरूले भने, “केको निम्ति यत्रो नोक्सानी?
9किनकि यो अत्तर धेरै दाममा बिक्री गरेर त्यो पैसा गरीबहरूलाई दिन सकिन्थ्यो।”
10तर येशूले यो थाहा पाएर तिनीहरूलाई भन्नुभयो,
11
12
13
14तब बाह्रमध्ये एक जना यहूदा इस्करियोत भन्नेचाहिँ मुख्य पूजाहारीहरूकहाँ गयो,
15र भन्यो, “यदि मैले उहाँलाई तपाईंहरूका हातमा पक्राइदिएँ भने, मलाई के दिनुहुन्छ?” तिनीहरूले त्यसलाई चाँदीका तीस सिक्का दिए।
16त्यसै बखतदेखि यहूदाले उहाँलाई पक्राइदिने मौका खोज्न थाल्यो।
17अब अखमिरी रोटीको चाड़को पहिलो दिन चेलाहरूले येशूकहाँ आएर भने, “तपाईंको निम्ति निस्तार-चाड़को भोज खाने प्रबन्ध हामी कहाँ गरौं?”
18उहाँले भन्नुभयो,
19तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाड़को प्रबन्ध मिलाए।
20साँझ भएपछि उहाँ बाह्रै चेलाहरूसँग खान बस्नुभयो।
21उहाँहरूले खाइरहनुभएको बेला उहाँले भन्नुभयो,
22तब तिनीहरू साह्रै दुःखित भएर प्रत्येकले उहाँलाई सोध्न लागे, “प्रभु, के त्यो म हुँ?”
23अनि उहाँले भन्नुभयो,
24
25तब उहाँलाई पक्राइदिने यहूदाले सोध्यो, “गुरुज्यू, के त्यो म हुँ?”
26तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो,
27तब कचौरा पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो,
28
29
30एउटा भजन गाएपछि उहाँहरू जैतून डाँड़ातिर निस्केर जानुभयो।
31तब येशूले तिनीहरूलाई भन्नुभयो,
32
33पत्रुसले उहाँलाई जवाफ दिए, “तपाईंको कारणले सबै जना पछि हटे तापनि म कहिल्यै पछि हट्नेछैनँ।”
34येशूले तिनलाई भन्नुभयो,
35पत्रुसले उहाँलाई भने, “मैले तपाईंसँग मर्नुपरे तापनि म तपाईंलाई इन्कार गर्नेछैनँ।” अरू सबै चेलाहरूले पनि त्यसै भने।
36तब येशू गेतसमनी भन्ने ठाउँमा तिनीहरूसँग जानुभयो, र चेलाहरूलाई भन्नुभयो,
37र आफूसँग पत्रुस र जब्दियाका दुई छोराहरूलाई लिएर उहाँ शोकित र व्याकुल हुन लाग्नुभयो।
38तब उहाँले तिनीहरूलाई भन्नुभयो,
39अनि उहाँले अलि अगाडि गएर लम्पसार परी प्रार्थना गर्नुभयो,
40तब उहाँ चेलाहरूकहाँ आएर तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो, र पत्रुसलाई भन्नुभयो,
41
42फेरि दोस्रो पल्ट गएर उहाँले प्रार्थना गर्नुभयो,
43उहाँ फेरि आएर तिनीहरूलाई निदाइरहेकै भेट्टाउनुभयो, किनकि तिनीहरूका आँखा लोलाएका थिए।
44यसकारण उहाँले तिनीहरूलाई फेरि छोड्नुभयो, र गएर फेरि उही शब्दहरू दोहोर्याई तेस्रो पल्ट प्रार्थना गर्नुभयो।
45तब उहाँ चेलाहरूकहाँ आएर तिनीहरूलाई भन्नुभयो,
46
47उहाँ बोल्दाबोल्दै, बाह्रमध्येको एक जना, अर्थात् यहूदा आयो। त्यससँग मुख्य पूजाहारीहरू र जनताका धर्म-गुरुहरूले पठाएका एउटा ठूलो भीड तरवार र लाठा लिएर आयो।
48उहाँलाई पक्राइदिनेले तिनीहरूलाई एउटा सङ्केत दिएको थियो, “जुन मानिसलाई म म्वाइँ खान्छु, तिनी नै हुन्, तिनैलाई समात।”
49तुरुन्तै येशूकहाँ गएर त्यसले भन्यो, “हे गुरु, प्रणाम!” र त्यसले उहाँलाई म्वाइँ खायो।
50येशूले त्यसलाई भन्नुभयो,
51येशूको साथमा हुनेहरूमध्ये एउटाले हात बढ़ाएर आफ्नो तरवार झिक्यो, र मुख्य पूजाहारीको दासलाई प्रहार गर्यो, र त्यसको कान छिनाइदियो।
52तब येशूले तिनलाई भन्नुभयो,
53
54
55त्यसै बेला येशूले भीड़लाई भन्नुभयो,
56
57येशूलाई पक्रनेहरूले उहाँलाई प्रधान पूजाहारी कैयाफाकहाँ लगे। त्यहाँ शास्त्रीहरू र धर्म-गुरुहरू भेला भएका थिए।
58तर पत्रुस टाढ़ैबाट प्रधान पूजाहारीका भवनको आँगनसम्मै उहाँको पछिपछि लागे, र अन्त्यमा के हुने हो, सो हेर्नलाई भित्र पसेर पालेहरूसँग बसे।
59अब मुख्य पूजाहारी र जम्मै महासभाले येशूलाई मृत्युदण्ड दिनलाई उहाँको विरुद्धमा झूटो गवाही खोज्न लागे।
60धेरै झूटो गवाही दिनेहरू आए, तर तिनीहरूले कुनै प्रमाण पाएनन्। आखिरमा दुई जना अगि आए,
61र भने, “यस मानिसले ‘म परमेश्वरको मन्दिर भत्काएर तीन दिनमा यसलाई निर्माण गर्न सक्छु’ भन्यो।”
62तब प्रधान पूजाहारीले उठेर उहाँलाई भने, “के तँ केही जवाफ दिँदैनस्? यी मानिसहरूले तेरो विरुद्धमा दिएको गवाही के हो?”
63तर येशू चूप रहनुभयो। प्रधान पूजाहारीले उहाँलाई भने, “जीवित परमेश्वरको शपथ खाएर भन्दछु, हामीलाई बता, के तँ परमेश्वरको पुत्र ख्रीष्ट होस्?”
64येशूले तिनलाई भन्नुभयो,
65तब प्रधान पूजाहारीले आफ्ना वस्त्र च्याते र भने, “यसले त ईश्वर-निन्दा बोल्यो। हामीलाई अब अरू साक्षीहरूको के दरकार पर्यो र? तपाईंहरूले अहिले यसले बोलेको ईश्वर-निन्दा सुनिहाल्नुभयो।
66तपाईंहरूको के राय छ?”
67तब तिनीहरूले उहाँको मुखमा थुकेर उहाँलाई मुक्का लगाए, र कसै-कसैले यसो भन्दै थप्पड़ लाए,
68“हे ख्रीष्ट, लौ, अगमवाणी भन्! तँलाई हिर्काउने को हो?”
69पत्रुस बाहिर आँगनमा बसिरहेका थिए। एउटी नोकर्नीले तिनीकहाँ आएर भनी, “तिमी पनि गालील-निवासी येशूसँग थियौ?”
70तर तिनले उनीहरू सबैका सामुन्ने इन्कार गरेर भने, “तैंले के भन्दैछस्, म जान्दिनँ।”
71तिनी बाहिर दलानमा निस्केपछि अर्कीले तिनलाई देखी, र त्यहाँ भएकाहरूलाई भनी, “यो मानिस पनि येशू नासरीसँगै थियो।”
72तिनले फेरि शपथ खाएर इन्कार गरे, “म ती मानिसलाई चिन्दिनँ।”
73अलि बेरपछि त्यहाँ भएकाहरूले पनि नजिक आएर पत्रुसलाई भने, “साँच्चै, तिमी पनि तिनीहरूमध्येका एक हौ, किनकि तिम्रो बोलीले नै तिमीलाई जाहेर गर्दछ।”
74तब पत्रुसले आफैलाई सराप्दै शपथ खान लागे “म ती मानिसलाई चिन्दैचिन्दिनँ।” अनि तुरुन्तै भाले बास्यो।
75तब पत्रुसलाई येशूले भन्नुभएको यो कुरा याद भयो,