1उहाँ डाँड़ाबाट ओर्लनुभएपछि ठूलो भीड उहाँको पछि लाग्यो।
2एक जना कुष्ठरोगी उहाँकहाँ आयो, र उहाँको अगि घुँड़ा टेकी यसो भन्यो, “हे प्रभु, तपाईंको इच्छा भए मलाई निको पार्न सक्नुहुन्छ।”
3उहाँले आफ्नो हात पसारेर त्यसलाई छुनुभयो, र भन्नुभयो,
4तब येशूले त्यसलाई भन्नुभयो,
5येशू कफर्नहुममा पस्नुहुँदा एक जना कप्तान उहाँकहाँ आएर बिन्ती गर्न लागे। तिनले भने,
6“हे प्रभु, मेरो नोकर पक्षाघातले साह्रै दुःख पाएर घरमा ओछ्यान परेको छ।”
7उहाँले तिनलाई भन्नुभयो,
8तर कप्तानले भने, “हे प्रभु, तपाईंलाई मेरो घरमा स्वागत गर्ने योग्यको म छैनँ। तर वचन मात्र बोलिदिनुहोस्, र मेरो नोकर निको हुनेछ।
9किनकि म पनि अधिकारीहरूका अधीनमा छु, अनि मेरो अधीनमा सिपाहीहरू छन्। म एक जनालाई ‘जा’ भन्छु, अनि त्यो जान्छ, र अर्कालाई ‘आइज’ भन्छु, अनि त्यो आउँछ। मेरो कमारालाई ‘यसो गर्’ भन्छु, अनि त्यसले त्यो गर्छ।”
10तिनको कुरा सुनेर येशूले आश्चर्य मान्नुभयो, र उहाँको पछि आउनेहरूलाई भन्नुभयो,
11
12
13तब येशूले कप्तानलाई भन्नुभयो,
14पत्रुसको घरमा आउनुभएपछि येशूले तिनकी सासूलाई जरोले थलिएर पस्रिएकी देख्नुभयो।
15उहाँले तिनको हात छुनुभयो, र जरोले तिनलाई छोड़्यो। अनि तिनी उठिन्, र उहाँको सेवा गरिन्।
16जब साँझ पर्यो, तब तिनीहरूले उहाँकहाँ भूत लागेका धेरै जनालाई ल्याए। र उहाँले वचनद्वारा नै भूतहरूलाई निकाल्नुभयो, र जति बिरामी थिए, सबैलाई निको पार्नुभयो।
17यशैया अगमवक्ताले बोलेको अगमवाणी पूरा हुनलाई यो भएको थियो,
18जब येशूले आफ्नो वरिपरि ठूला भीड़हरूलाई देख्नुभयो, उहाँले तालको पारि जाने आज्ञा दिनुभयो।
19एक जना शास्त्री उहाँकहाँ आए, र उहाँलाई भने, “गुरुज्यू, तपाईं जहाँ-जहाँ जानुहुन्छ, म तपाईंलाई पछ्याउनेछु।”
20येशूले तिनलाई भन्नुभयो,
21उहाँका चेलाहरूमध्ये अर्को एक जनाले भन्यो, “प्रभु, पहिले गएर मलाई मेरा बाबुलाई गाड्ने अनुमति दिनुहोस्।”
22तर येशूले तिनलाई भन्नुभयो,
23उहाँ डुङ्गामा चढ्नुभएपछि उहाँका चेलाहरू उहाँको पछि लागे।
24अकस्मात् तालमा ठूलो आँधी आयो, र छालले डुङ्गालाई ढाक्न लाग्यो। येशू निदाइरहनुभएको थियो।
25चेलाहरू आएर यसो भन्दै उहाँलाई बिउँझाए, “बचाउनुहोस् प्रभु! हामीहरू नष्ट हुन लाग्यौं।”
26येशूले तिनीहरूलाई भन्नुभयो,
27“यिनी त कस्ता मानिस हुन्, किनभने बतास र समुद्रले पनि यिनका आज्ञा मान्दारहेछन्” भनी ती मानिसहरू छक्क परे।
28जब उहाँ पारिपट्टि गदरिनीहरूको मुलुकमा आउनुभयो, तब भूत लागेका दुई जना मानिसहरूले चिहानबाट आउँदैगर्दा उहाँलाई भेटे। तिनीहरू यति डरलाग्दा थिए, कि कोही पनि त्यहाँबाट आउन-जान सक्दैनथिए।
29तिनीहरूले यसो भन्दै चिच्च्याए, “हे परमेश्वरका पुत्र, तपाईंको हामीहरूसँग के सरोकार? हाम्रो समय नपुगी हामीहरूलाई कष्ट दिन तपाईं यहाँ आउनुभएको हो?”
30तिनीहरूदेखि केही टाढ़ामा सुँगुरको एक ठूलो बगाल चरिरहेको थियो।
31भूतहरूले उहाँलाई यसो भनेर बिन्ती गरे, “यदि तपाईंले हामीलाई निकाल्नुहुन्छ भने, हामीलाई सुँगुरको बथानमा पठाइदिनुहोस्।”
32अनि उहाँले तिनीहरूलाई भन्नुभयो,
33सुँगुर चराउनेहरू भागे र सहरमा गएर सबै कुरा, र ती भूत लागेकाहरूलाई के भयो सो सुनाइदिए।
34तब जम्मै सहर नै येशूलाई भेट गर्न उल्टेर आयो, र उहाँलाई देखेर मानिसहरूले तिनीहरूको इलाकाबाट जानुहोस् भनी उहाँलाई बिन्ती गरे।