1परमेश्वरका पुत्र येशू ख्रीष्टको सुसमाचारको आरम्भ।
2यशैया अगमवक्ताको पुस्तकमा यसरी लेखिएको छ:
3
4बप्तिस्मा-दिने यूहन्ना पापमोचनको लागि पश्चात्तापको बप्तिस्मा प्रचार गर्दै उजाड-स्थानमा देखा परे।
5समस्त यहूदिया देश र यरूशलेमका सबै बासिन्दाहरू तिनीकहाँ निस्किआए। र तिनीहरूले आ-आफ्ना पाप स्वीकार गर्दै तिनीबाट यर्दन नदीमा बप्तिस्मा लिए।
6यूहन्नाले ऊँटको रौँबाट बुनेको लुगा लाउँथे, र कम्मरमा छालाको पटुका बाँध्थे, र सलह र वन-मह खान्थे।
7तिनले यसो भन्दै प्रचार गरे, “जो मपछि आउनुहुन्छ उहाँ मभन्दा शक्तिशाली हुनुहुन्छ, अनि निहुरेर उहाँका जुत्ताका फित्ता फुकाउने लायकको म छैनँ।
8मैले तिमीहरूलाई पानीले बप्तिस्मा दिएको छु, तर उहाँले तिमीहरूलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुनेछ।”
9अब ती दिनमा येशू गालीलको नासरतबाट आउनुभयो, र यूहन्नाबाट यर्दन नदीमा बप्तिस्मा लिनुभयो।
10पानीबाट उक्लिआउनेबित्तिकै उहाँले स्वर्ग उघ्रिएको र पवित्र आत्मालाई ढुकुरको रूपमा आफूमाथि ओर्लंदैगर्नुभएको देख्नुभयो।
11अनि स्वर्गबाट यस्तो एउटा आवाज भयो, “तिमी मेरा प्रिय पुत्र हौ, तिमीसँग म अति प्रसन्न छु।”
12पवित्र आत्माले उहाँलाई तुरुन्तै उजाड-स्थानमा लैजानुभयो।
13शैतानबाट परीक्षित हुँदै उहाँ चालीस दिन उजाड-स्थानमा रहनुभयो। उहाँ जङ्गली जनावरहरूसँग रहनुभयो, र स्वर्गदूतहरूले उहाँको सेवा-टहल गरे।
14अब यूहन्ना पक्राउमा परेपछि परमेश्वरको सुसमाचार प्रचार गर्दै येशू गालीलमा आउनुभयो।
15उहाँले भन्नुभयो,
16गालील-समुद्रको किनार-किनारै जाँदैहुनुहुँदा उहाँले सिमोन र तिनका भाइ अन्द्रियासलाई समुद्रमा जाल हानिरहेका देख्नुभयो। किनकि तिनीहरू जालहारी थिए।
17येशूले तिनीहरूलाई भन्नुभयो,
18तिनीहरूले तुरुन्तै आफ्ना जालहरू छोड़े, र उहाँको पछि लागे।
19अनि अलि पर गएपछि उहाँले जब्दियाका दुई छोरा याकूब र यूहन्नालाई डुङ्गामा बसी जाल तुनिरहेका देख्नुभयो।
20उहाँले तुरुन्त तिनीहरूलाई बोलाउनुभयो, र तिनीहरू आफ्ना पिता जब्दियालाई ज्यामीहरूका साथ डुङ्गामा छोड़ेर उहाँको पछि लागे।
21तब उहाँहरू कफर्नहुममा जानुभयो, र तुरुन्तै शबाथ-दिनमा
22अनि तिनीहरू उहाँका शिक्षामा चकित भए। किनकि उहाँले तिनीहरूलाई शास्त्रीहरूले जस्तो होइन, तर अधिकारसँग सिकाउनुभयो।
23त्यही बेला त्यस सभाघरमा अशुद्ध आत्मा भएको एक जना मान्छे थियो।
24त्यसले यसो भन्दै चिच्च्यायो, “हे नासरतका येशू, हामीलाई तपाईंसँग के सरोकार? के तपाईं हामीलाई सर्वनाश पार्नलाई आउनुभएको हो? म तपाईंलाई चिन्छु, तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ।”
25तर येशूले त्यसलाई यसो भन्दै हकार्नुभयो,
26त्यस मान्छेलाई लछारपछार पार्दै त्यो अशुद्ध आत्मा ठूलो स्वरले चिच्च्याएर त्यस मान्छेबाट निस्किगयो।
27तब सबै जनाले अचम्म माने, र तिनीहरू यसो भन्दै आपसमा सोधासोध गर्न लागे, “यो के हो? यो त नयाँ शिक्षा रहेछ। यिनले त अधिकारसँग अशुद्ध आत्माहरूलाई पनि आज्ञा गर्छन्, र तिनीहरूले यिनका आज्ञा मान्दारहेछन्।”
28अनि चाँड़ै नै येशूको कीर्ति गालीलको इलाका वरिपरि चारैतिर फैलियो।
29अब उहाँ तुरुन्तै सभाघरबाट निस्केर याकूब र यूहन्नाका साथमा सिमोन र अन्द्रियासको घरमा पस्नुभयो।
30सिमोनकी सासू जरोले थला परेकी थिइन्, र तिनीहरूले झट्टै उहाँलाई तिनको विषयमा भने।
31उहाँले नजिक आएर तिनको हात समाती तिनलाई उठाउनुभयो, र जरोले तिनलाई छोडिहाल्यो। अनि तिनले उहाँहरूको सेवा गरिन्।
32त्यो साँझ घाम डुबेपछि मानिसहरूले उहाँकहाँ बिरामीहरू र भूत लागेकाहरू जम्मैलाई ल्याए।
33सारा सहर नै घरको ढोकामा जम्मा भएको थियो।
34अनेक किसिमका रोगले ग्रस्त भएका धेरै बिरामीहरूलाई उहाँले निको पार्नुभयो, र धेरै भूतहरूलाई निकाल्नुभयो, तर भूतहरूले उहाँलाई चिनेका हुनाले उहाँले तिनीहरूलाई बोल्न दिनुभएन।
35बिहान उज्यालो हुनभन्दा धेरै अघि उठेर उहाँ बाहिर एकान्त ठाउँमा जानुभयो, र त्यहाँ प्रार्थना गर्नुभयो।
36सिमोन र तिनीसँग हुनेहरू उहाँलाई खोज्दैगए।
37उहाँलाई भेट्टाएपछि तिनीहरूले भने, “सबैले तपाईंलाई खोजिरहेका छन्।”
38तब उहाँले तिनीहरूलाई भन्नुभयो,
39अनि सारा गालीलमा तिनीहरूका सभाघरहरूमा प्रचार गर्दै र भूतहरूलाई निकाल्दै उहाँ हिँड्नुभयो।
40अनि एक जना कुष्ठरोगी उहाँकहाँ आएर घुँड़ा टेक्दै यसो भनेर बिन्ती गर्यो, “तपाईंले इच्छा गर्नुभयो भने मलाई निको पार्न सक्नुहुन्छ।”
41तब दयाले भरिएर उहाँले आफ्नो हात पसारी त्यसलाई छुनुभयो, र त्यसलाई भन्नुभयो,
42त्यति नै बेला त्यसको कुष्ठरोग त्यसबाट हट्यो, र त्यो निको भइहाल्यो।
43अनि उहाँले त्यसलाई कड़ा आज्ञा दिएर यसो भनी तुरुन्तै पठाउनुभयो,
44
45तर त्यो निस्केर गयो, अनि यस विषयमा खुल्लमखुल्ला प्रचार गर्न लाग्यो, र येशू फेरि सहरमा खुलस्त प्रवेश गर्न सक्नुभएन, र एकान्त ठाउँहरूमा रहनुभयो। तर मानिसहरू चारैतिरबाट उहाँकहाँ आए।