1जब उहाँहरू यरूशलेमको नजिक जैतून डाँड़ाको छेउमा बेथफागे र बेथानिया भन्ने ठाउँमा आइपुग्नुभयो, तब उहाँले आफ्ना चेलाहरूमध्ये दुई जनालाई यसो भनेर पठाउनुभयो,
2
3
4तब तिनीहरू गए, र त्यो बछेड़ो खुला गल्लीमा एउटा घरको बाहिरपट्टि ढोकानेर बाँधिएको भेट्टाए, र त्यसलाई फुकाए।
5त्यहाँ उभिएकाहरूमध्ये कसै-कसैले तिनीहरूलाई सोधे, “बछेड़ोलाई फुकाएर तिमीहरू के गर्दैछौ?”
6येशूले तिनीहरूलाई अह्राउनुभएजस्तै तिनीहरूले भने, र उनीहरूले तिनीहरूलाई जान दिए।
7तिनीहरूले बछेड़ो येशूकहाँ ल्याए, र आफ्ना वस्त्रहरू त्यसमाथि राखिदिए, र उहाँ त्यसमाथि सवार हुनुभयो।
8धेरैले आफ्ना वस्त्रहरू र अरूहरूले मैदानबाट स्याउलाहरू काटेर बाटोमा ओछ्याए।
9अनि उहाँको अगि-अगि हिड्ने र पछिपछि आउनेहरूले यसो भन्दै जय-ध्वनि लगाए,
10
11उहाँ यरूशलेममा आएर मन्दिरभित्र पस्नुभयो। अनि उहाँले वरिपरिका सब थोकमाथि नजर गर्नुभएपछि अबेला भएको हुनाले बाह्रै जनाका साथमा उहाँ बेथानिया जानुभयो।
12भोलिपल्ट उहाँहरू बेथानियाबाट आउनुहुँदा उहाँ भोकाउनुभयो।
13अनि टाढ़ामा पातले भरिएको एउटा अञ्जीरको रूख देखेर कतै त्यसमा केही फल पाउँछु कि भनेर उहाँ जानुभयो, तर त्यहाँ पुग्नुभएपछि उहाँले रूखमा पातबाहेक केही पाउनुभएन, किनकि त्यस बेला अञ्जीरको फल फल्ने समय भएको थिएन।
14तब उहाँले त्यस रूखलाई भन्नुभयो,
15अनि यरूशलेममा पुग्नुभएपछि उहाँ मन्दिरभित्र पस्नुभयो, अनि मन्दिरमा किनबेच गर्नेहरूलाई बाहिर निकाल्नुभयो र पैसा साट्नेका टेबिलहरू र परेवा बेच्नेका बस्ने ठाउँहरू पल्टाइदिनुभयो।
16उहाँले कसैलाई कुनै थोक मन्दिरबाट लैजान दिनुभएन।
17अनि उहाँले शिक्षा दिँदै भन्नुभयो,
18अनि मुख्य पूजाहारीहरू र शास्त्रीहरूले यो सुनेर उहाँलाई कसरी नाश पारौं भनी उपाय खोज्न लागे। किनभने तिनीहरू उहाँसँग डराउँथे, किनकि सारा भीड़ले उहाँको शिक्षामा अचम्म मानेका थिए।
19साँझ पर्दा उहाँ सहर बाहिर निस्केर जानुभयो।
20बिहान त्यहाँबाट पहिलेकै बाटो जानुहुँदा उहाँहरूले त्यस अञ्जीरको रूखलाई जरैबाट सुकेको देख्नुभयो।
21अनि पत्रुसलाई यो सम्झना भयो, र तिनले उहाँलाई भने, “रब्बी, हेर्नुहोस्, तपाईंले सराप दिनुभएको अञ्जीरको रूख त सुकेछ।”
22येशूले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो,
23
24
25
26[
27उहाँहरू फेरि यरूशलेममा आउनुभयो। अनि येशू मन्दिरमा यताउता हिँड़िरहनुहुँदा मुख्य पूजाहारीहरू, शास्त्रीहरू, धर्म-गुरुहरू उहाँकहाँ आए।
28तिनीहरूले उहाँलाई प्रश्न गरे, “कुन अधिकारले तिमी यी कामहरू गर्दछौ? यी कामहरू गर्ने अधिकार तिमीलाई कसले दियो?”
29येशूले तिनीहरूलाई भन्नुभयो,
30
31तब तिनीहरू यसो भन्दै आपसमा बहस गर्न लागे, “‘स्वर्गबाट’ भनौं भनेता ‘तिमीहरूले उनीमाथि किन विश्वास गरेनौ’ भनी तिनले भन्नेछन्।
32‘मानिसहरूबाट’ भनौं कि” तर यसो भन्न उनीहरू जनतादेखि डराए। किनकि सबैले यूहन्नालाई साँचो अगमवक्ता भनी ठान्थे।
33तब तिनीहरूले येशूलाई जवाफ दिएर भने, “हामीलाई थाहा छैन।”