1यसको दुई दिनपछि निस्तार र अखमिरी रोटीको चाड थियो। मुख्य पूजाहारीहरू र शास्त्रीहरू उहाँलाई कसरी छलद्वारा पक्रेर मारौं भन्ने दाउमा थिए।
2किनभने तिनीहरूले भनेका थिए, “चाड़को बेलामा होइन, नत्रता मानिसहरूमा हूलदङ्गा मच्चिएला।
3उहाँ बेथानियामा सिमोन कुष्ठरोगीको घरमा खान बस्नुहुँदा एउटी स्त्री विशुद्ध जटामसीको बहुमूल्य अत्तर सिङ्गमरमरको शीशीमा लिएर आई, र त्यो शीशी फुटाएर त्यो सुगन्धित जटामसीको अत्तर उहाँको शिरमा खन्याई।
4तर कोही-कोहीले रीस गरेर आपसमा भन्न लागे, “यो सुगन्धित अत्तर किन यसरी नोक्सानी गरेको?
5किनकि यो अत्तर तीन सय चाँदीका सिक्काभन्दा बढ़ीमा बिक्री गरेर गरीबहरूलाई त्यो पैसा दिन सकिन्थ्यो।” अनि तिनीहरूले त्यस स्त्रीलाई झपारे।
6तर येशूले भन्नुभयो,
7
8
9
10तब बाह्र चेलाहरूमध्ये एक जना यहूदा इस्करियोतचाहिँ येशूलाई तिनीहरूका हातमा पक्राइदिनका निम्ति मुख्य पूजाहारीहरूकहाँ गयो।
11तिनीहरू यो सुनेर खुसी भए, र त्यसलाई पैसा दिने कबूल गरे। अनि उहाँलाई कसरी पक्राऊँ भनी त्यसले अनुकूल मौका खोज्न लाग्यो।
12अखमिरी रोटीका चाड़को प्रथम दिनमा, जब तिनीहरूले निस्तार-चाड़को थुमा बलिदान चढ़ाउँथे, उहाँका चेलाहरूले उहाँलाई सोधे, “तपाईंको इच्छा के छ? हामी कहाँ गएर तपाईंको निम्ति निस्तार-चाड़को भोज तयार गरौं?”
13अनि उहाँले आफ्ना चेलाहरूमध्ये दुई जनालाई यसो भनेर पठाउनुभयो,
14
15
16तब ती चेलाहरू गए, र सहरमा पसे, अनि उहाँले तिनीहरूलाई भन्नुभएजस्तै भेट्टाए, र तिनीहरूले निस्तार-चाड़को भोज तयार गरे।
17साँझ हुँदा उहाँ बाह्रै जनासँग आउनुभयो।
18उहाँहरू ढल्केर खानुहुँदैगर्दा येशूले भन्नुभयो,
19तिनीहरू दुःखित भए, अनि पालैपालो उहाँलाई “के त्यो म हुँ?” भनी सोध्न लागे।
20उहाँले तिनीहरूलाई भन्नुभयो,
21
22अनि खाइरहनुहुँदा येशूले रोटी लिनुभयो, आशीर्वाद दिनुभयो र भाँच्नुभयो र तिनीहरूलाई दिँदै भन्नुभयो,
23अनि कचौरा लिएर धन्यवाद दिनुभएपछि उहाँले तिनीहरूलाई दिनुभयो, र तिनीहरू सबैले त्यसबाट पिए।
24अनि उहाँले तिनीहरूलाई भन्नुभयो,
25
26अनि एउटा भजन गाएर उहाँहरू निस्केर जैतून डाँड़ातिर जानुभयो।
27येशूले तिनीहरूलाई भन्नुभयो,
28
29पत्रुसले उहाँलाई भने, “सबै जना पछि हटे तापनि मचाहिँ हट्नेछैनँ।”
30तब येशूले तिनलाई भन्नुभयो,
31तर तिनले झन् जोड दिएर भने, “तपाईंसँग म मर्नैपरे तापनि म तपाईंलाई इन्कार गर्नेछैनँ।” अनि तिनीहरू सबैले त्यसै भने।
32त्यसपछि उहाँहरू गेतसमनी नाउँ भएको ठाउँमा जानुभयो, र उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो,
33तब उहाँले पत्रुस, याकूब र यूहन्नालाई साथमा लैजानुभयो, र उहाँ अत्यन्तै विचलित र ज्यादै खिन्न हुन लाग्नुभयो।
34उहाँले तिनीहरूलाई भन्नुभयो,
35अनि अलि पर गएर उहाँ भूइँमा घोप्टिनुभयो, र हुन सक्छ भने त्यो घड़ी उहाँबाट टलोस् भनी प्रार्थना गर्नुभयो।
36अनि उहाँले भन्नुभयो,
37उहाँ फेरि आउनुहुँदा तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो। उहाँले पत्रुसलाई भन्नुभयो,
38
39फेरि गएर उहाँले दोहोर्याएर त्यही प्रार्थना गर्नुभयो।
40फेरि आएर उहाँले तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो, किनभने तिनीहरूका आँखा निद्राले साह्रै लट्ठिएका थिए, र उहाँलाई के जवाफ दिने हो, सो जानेनन्।
41उहाँ तेस्रो पल्ट आउनुभयो, र तिनीहरूलाई भन्नुभयो,
42
43येशू बोल्दैहुनुहुँदा बाह्रै चेलाहरूमध्येको एक जना यहूदा अचानक त्यहाँ देखा पर्यो। मुख्य पूजाहारीहरू, शास्त्रीहरू र धर्म-गुरुहरूले पठाएको एक दल तरवार र लाठो लिएर त्यससँग त्यहाँ आयो।
44उहाँलाई विश्वासघात गर्नेले तिनीहरूलाई यस्तो एउटा सङ्केत दिएको थियो, “जसलाई म म्वाइँ खाउँला त्यो व्यक्ति तिनै हुन्, तिनलाई पक्र र पहरा दिएर लैजाओ।”
45अनि सोझै येशूकहाँ गएर यहूदाले भन्यो, “हे रब्बी,” र उहाँलाई म्वाइँ खायो।
46तब तिनीहरूले येशूलाई समाते र गिरफ्तार गरे।
47त्यहाँ नजिक उभिनेहरूमध्ये कुनै एउटाले तरवार थुतेर प्रधान पूजाहारीको कमारालाई प्रहार गर्यो, र त्यसको कान च्वाट्ट काटिदियो।
48येशूले तिनीहरूलाई भन्नुभयो,
49
50अनि सबै चेलाहरू उहाँलाई त्यागेर भागे।
51आफ्नो शरीरलाई एउटा सूती कपड़ाले मात्र बेह्रेको एक जना जवान उहाँको पछि लाग्यो। तिनीहरूले त्यस जवानलाई समाते,
52तर कपड़ा छोड़ेर त्यो नाङ्गै भाग्यो।
53तब तिनीहरूले येशूलाई प्रधान पूजाहारीकहाँ लगे, र त्यहाँ सबै मुख्य पूजाहारीहरू, धर्म-गुरुहरू र शास्त्रीहरू जम्मा भएका थिए।
54पत्रुसचाहिँ टाढ़ैबाट प्रधान पूजाहारीको आँगनभित्र उहाँको पछिपछि लागे, अनि त्यहाँ सिपाहीहरूसँग बसेर तिनी आगो ताप्न लागे।
55अब मुख्य पूजाहारी र जम्मै महासभाले येशूलाई मार्नको निम्ति उहाँको विरुद्धमा गवाही खोजे, तर केही पाएनन्।
56धेरैले उहाँको विरुद्धमा झूटो गवाही दिए। तर तिनीहरूले दिएको गवाहीले मेल खाएन।
57कसै-कसैले उठेर उहाँको विरुद्धमा यसो भन्दै गवाही दिए,
58“यसले यसो भनेको हामीले सुन्यौं, ‘मानिसको हातले बनाएको यो मन्दिर म भत्काउनेछु, र हातैविना बनाइएको अर्को मन्दिर म तीन दिनमा निर्माण गर्नेछु’।”
59तर यसमा पनि तिनीहरूको गवाही एकै मतको थिएन।
60तब प्रधान पूजाहारीले बीचमा खड़ा भएर येशूलाई सोधे, “के तँसँग केही जवाफ छैन? यी मानिसहरूले तेरो विरुद्धमा गवाही दिएको के हो?”
61तर येशू चूप लाग्नुभयो, र केही जवाफ दिनुभएन।
62येशूले भन्नुभयो,
63तब प्रधान पूजाहारीले आफ्नो वस्त्र च्यातेर भने, “हामीलाई अरू साक्षीहरूको के दरकार पर्यो र?
64तिमीहरूले ईश्वर-निन्दा त सुनिहाल्यौ। तिमीहरूको के विचार छ?”
65अनि कोही-कोहीले उहाँलाई थुक्न लागे, र उहाँको मुख छोपेर उहाँलाई थप्पड़ हानेर भने, “अगमवाणी बोल्।” त्यसपछि पहरादारले उहाँलाई आफ्नो जिम्मामा लिए, र उहाँलाई मुक्का हाने।
66पत्रुस तल आँगनमा हुँदा प्रधान पूजाहारीका नोकर्नीहरूमध्ये एक जना त्यहाँ आई,
67र पत्रुसलाई आगो तापिरहेका देखेर तिनलाई नियालेर हेरी भनी, “तिमी पनि येशू नासरीसँग थियौ।”
68तर तिनले यसो भन्दै इन्कार गरे, “तिमीले के भनेकी त्यो न जान्दछु न बुझ्दछु।” अनि तिनी बाहिरको मूल ढोकातिर गए। अनि भाले बास्यो।
69नोकर्नीले उभिनेहरूसँग फेरि भन्न लागी, “यिनी त तिनीहरूमध्येका एक हुन्।”
70तर पत्रुसले फेरि इन्कार गरे।
71तर तिनले आफूलाई धिक्कार्दै कसम खाएर भन्न लागे, “जसको विषयमा तिमीहरू भन्छौ त्यस मानिसलाई म चिन्दिनँ।”
72अनि तुरुन्तै दोस्रो पल्ट भाले बास्यो, र पत्रुसलाई येशूले यसो भन्नुभएको कुरा सम्झना भयो,