1शबाथ-दिन बितेपछि मरियम मग्दलिनी र याकूबकी आमा मरियम र सलोमीले सुगन्धित द्रव्य येशूको शरीरमा घस्नलाई किने।
2साताको पहिलो दिनमा बिहानै घाम झुल्कँदा तिनीहरू चिहानमा गए।
3अनि तिनीहरूले आपसमा भने, “हाम्रा निम्ति चिहानको ढोकाको ढुङ्गा कसले हटाइदेला?
4अनि मास्तिर हेर्दा तिनीहरूले चिहानको त्यो ढुङ्गा हटाइराखेको देखे। त्यो ढुङ्गा खूब ठूलो थियो।
5अनि चिहानभित्र पसेर तिनीहरूले सेतो वस्त्र लाएको एक जना जवान मानिसलाई दाहिनेपट्टि बसिरहेको देखे, र तिनीहरू आश्चर्यचकित भए।
6तर उनले तिनीहरूलाई भने, “आश्चर्य नमान, तिमीहरू नासरतका येशूलाई खोज्दछौ, जो क्रूसमा टाँगिनुभएको थियो। उहाँ जीवित भई उठ्नुभएको छ। उहाँ यहाँ हुनुहुन्न। उहाँलाई राखेको ठाउँ हेर।
7जाओ, र उहाँका चेलाहरू र पत्रुसलाई भनिदेओ कि उहाँ तिमीहरूका अगिअगि गालीलमा जाँदैहुनुहुन्छ। उहाँले तिमीहरूलाई भन्नुभएबमोजिम तिमीहरू उहाँलाई त्यहाँ देख्नेछौ।”
8तिनीहरू निस्केर चिहानबाट दौड़े, किनकि डर र आश्चर्यले तिनीहरू कामिरहेका थिए। अनि तिनीहरूले कसैलाई केही भनेनन्, किनकि तिनीहरू डराएका थिए।
9[हप्ताको पहिलो दिनको बिहानै उहाँ जीवित भई उठ्नुभएपछि उहाँ पहिले मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो। तिनीबाट येशूले सात वटा भूतहरू निकाल्नुभएको थियो।
10मरियमले गएर उहाँका चेलाहरूलाई यो खबर दिइन्। तिनीहरू विलाप गर्दै रोइरहेका थिए।
11तर जब येशू जीवित हुनुभयो र मरियमकहाँ देखा पर्नुभयो भन्ने कुरा तिनीहरूले सुने, तब तिनीहरूले पत्याएनन्।
12त्यसपछि दुई चेलाहरू गाउँतिर गइरहेको बेला तिनीहरूकहाँ उहाँ अर्को रूपमा देखा पर्नुभयो।
13अनि तिनीहरू फर्केर गई अरूहरूलाई बताए। तर तिनीहरूले उनीहरूलाई पनि विश्वास गरेनन्।
14पछिबाट उहाँ एघार चेलाहरूकहाँ तिनीहरू भोजनमा बसेको बेला देखा पर्नुभयो। अनि तिनीहरूको अविश्वास र हृदयका कठोरताको लागि उहाँले तिनीहरूलाई हप्काउनुभयो। किनभने उहाँ मृतकबाट जीवित भई उठ्नुभएपछि उहाँलाई देख्नेहरूका कुरा तिनीहरूले विश्वास गरेका थिएनन्।
15अनि उहाँले तिनीहरूलाई भन्नुभयो,
16
17
18
19तब यसरी तिनीहरूसँग बोलिसक्नुभएपछि प्रभु येशू स्वर्गारोहण हुनुभयो, र परमेश्वरको दाहिने बाहुलीतर्फ विराजमान हुनुभयो।
20अनि ती चेलाहरूले गएर सबै ठाउँमा प्रचार गरे। प्रभुले तिनीहरूका साथमा काम गर्दैरहनुभयो, र चिन्हहरूद्वारा वचनलाई सुदृढ़ पार्नुभयो। आमेन।]