1केही दिनपछि उहाँ कफर्नहुम फर्कनुभयो, अनि मानिसहरूले उहाँ घरमा हुनुहुन्छ भन्ने सुने।
2अनि यति धेरै मानिसहरू जम्मा भए कि तिनीहरू त्यहाँ अटाएनन्, यहाँसम्म कि ढोकाको बाहिर पनि ठाउँ भएन, र उहाँले तिनीहरूलाई परमेश्वरको वचन प्रचार गर्दैहुनुहुन्थ्यो।
3अनि चार जनाले बोकेको एक जना पक्षाघातीलाई लिएर मानिसहरू उहाँकहाँ आए।
4भीड़को कारणले येशूको नजिक त्यस मानिसलाई पुर्याउन नसक्दा तिनीहरूले उहाँ हुनुभएको ठाउँको माथिको छाना खोले, र उघारिएको ठाउँबाट पक्षाघातीलाई त्यो सुतेको खाटसमेत तल ओह्रालिदिए।
5येशूले तिनीहरूको विश्वास देखेर त्यस पक्षाघातीलाई भन्नुभयो,
6तर त्यहाँ केही शास्त्रीहरू बसिरहेका थिए, र आफ्ना मनमा यसो भनेर विचार गरिरहेका थिए,
7“यस मानिसले किन यसरी बोल्दछ? यो त ईश्वर-निन्दा हो। केवल एक, अर्थात् परमेश्वरले बाहेक अरू कसले पाप क्षमा गर्न सक्छ?”
8अनि तिनीहरू आपसमा यसरी विचार गर्दैछन् भन्ने येशूले तुरुन्तै आफ्नो आत्मामा थाहा पाएर तिनीहरूलाई भन्नुभयो,
9
10
11
12त्यो उठ्यो, र तुरुन्तै खाट उठाएर सबैका सामुन्नेबाट गइहाल्यो। यहाँसम्म कि, सबै जना आश्चर्य-चकित भए, र “हामीले यस्तो त कहिल्यै देखेका छैनौं” भन्दै तिनीहरूले परमेश्वरको महिमा गरे।
13उहाँ फेरि एक पल्ट समुद्रको किनारमा जानुभयो। अनि मानिसहरूको एउटा ठूलो भीड उहाँकहाँ आयो, र उहाँले तिनीहरूलाई शिक्षा दिनुभयो।
14त्यसपछि जाँदैगर्दा उहाँले अल्फयसका छोरा लेवीलाई कर उठाउनेहरूको ठाउँमा बसिरहेका देख्नुभयो र तिनलाई भन्नुभयो,
15उहाँ लेवीको घरमा भोजन गर्न बस्नुहुँदा कर उठाउने धेरै जना र पापीहरू पनि येशू र उहाँका चेलाहरूका साथमा बसिरहेका थिए। किनकि उहाँलाई पछ्याउनेहरू धेरै थिए।
16उहाँ पापीहरू र कर उठाउनेहरूसँग खाइरहनुभएको देखेर फरिसी दलका शास्त्रीहरूले उहाँका चेलाहरूलाई भने, “तिनी किन कर उठाउनेहरू र पापीहरूसँग बसेर खान्छन्?”
17यो सुनेर येशूले तिनीहरूलाई भन्नुभयो,
18यूहन्नाका चेलाहरू र फरिसीहरू उपवास बस्तथिए। मानिसहरूले आएर उहाँलाई भने, “यूहन्नाका चेलाहरू र फरिसीका चेलाहरू उपवास बस्तछन्, तर तपाईंका चेलाहरू किन उपवास बस्दैनन्?”
19येशूले तिनीहरूलाई भन्नुभयो,
20
21
22
23एक शबाथ-दिन उहाँ अन्नका खेतहरूबाट भएर जाँदैहुनुहुन्थ्यो। त्यताबाट जाँदा उहाँका चेलाहरूले हिँड्दाहिँड्दै अन्नका बाला टिप्न लागे।
24यो देखेर फरिसीहरूले उहाँलाई भने, “हेर्नुहोस्, शबाथ-दिनमा जे गर्नु अनुचित छ तिनीहरू किन त्यही गर्दछन्?”
25उहाँले तिनीहरूलाई भन्नुभयो,
26
27तिनीहरूलाई उहाँले भन्नुभयो,
28