1पछिबाट फेरि उहाँ सभाघरमा पस्नुभयो। त्यहाँ सुकेको हात भएको एक जना मानिस थियो।
2कतै उहाँले त्यसलाई शबाथ-दिनमा निको पार्नुहुन्छ कि भनी उहाँलाई दोष लाउन मानिसहरू उहाँको चेवामा थिए।
3तब उहाँले सुकेको हात भएको मानिसलाई भन्नुभयो,
4उहाँले तिनीहरूलाई भन्नुभयो,
5तिनीहरूका हृदयको कठोरतामा दुःखित भई क्रोधित भएर उहाँले तिनीहरू सबैलाई हेर्नुभयो अनि त्यस मानिसलाई भन्नुभयो,
6तब निस्केर गई उहाँलाई कसरी नाश पारौं भनी फरिसीहरूले तुरुन्तै हेरोदीहरूसँग उहाँको विरुद्धमा मतो गरे।
7त्यसपछि येशू आफ्ना चेलाहरूसँग समुद्रतिर जानुभयो, र गालीलबाट मानिसहरूको ठूलो भीड उहाँको पछि लाग्यो।
8यहूदिया, यरूशलेम, इदुमिआ, यर्दनपारी र टुरोस र सीदोनका वरिपरिबाट मानिसहरूको ठूलो भीड उहाँका अचम्मका कामको कीर्ति सुनेर उहाँकहाँ आयो।
9भीड़ले उहाँलाई नमिचोस् भनी उहाँले आफ्ना चेलाहरूलाई आफ्नो निम्ति एउटा डुङ्गा तयार पार्न लगाउनुभयो।
10उहाँले धेरैलाई निको पार्नुभएको हुनाले रोग लागेका सबैले उहाँलाई छोऔं भनेर ठेलमठेला गर्दथे।
11जब अशुद्ध आत्माहरूले उहाँलाई देख्दथे, तब उहाँको अगि घोप्टो परेर यसो भन्दै कराउँथे, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।”
12तर उहाँलाई प्रकट नगर्नू भनी तिनीहरूलाई उहाँले कड़ा हुकुम दिनुभयो।
13त्यसपछि येशू डाँड़ामा उक्लनुभयो, र उहाँले चाहनुभएका जतिलाई बोलाउनुभयो, र तिनीहरू उहाँकहाँ आए।
14आफूसँग रहन र प्रचार गर्न पठाउनलाई उहाँले बाह्र जनालाई नियुक्त गर्नुभयो,
15र तिनीहरूलाई भूतहरू निकाल्ने अधिकार पनि दिनुभयो।
16ती बाह्र प्रेरितहरू यी नै हुन्: सिमोन, जसको नाउँ उहाँले पत्रुस राख्नुभयो,
17जब्दियाका छोरा याकूब र याकूबका भाइ यूहन्ना। उहाँले तिनीहरूलाई बोअनर्गेश, अर्थात् गर्जनका छोराहरू भन्ने नाउँ दिनुभयो।
18अन्द्रियास, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्फयसका छोरा याकूब, र थेदियस, सिमोन कनानी,
19र यहूदा इस्करियोत जसले उहाँलाई धोका दियो।
20त्यसपछि येशू फेरि घरतिर जानुभयो। फेरि भीड जम्मा भयो, यहाँसम्म कि उहाँहरूले भोजन खान पनि पाउनुभएन।
21जब येशूका परिवारले यो सुने, तब उहाँलाई लैजानलाई उनीहरू निस्के, किनकि उहाँको मन ठेगानमा छैन भनी उनीहरू भन्थे।
22यरूशलेमबाट आएका व्यवस्थाका शास्त्रीहरूले भने, “त्यसमा बालजिबुल भूत छ, र भूतहरूको मालिकद्वारा नै त्यसले भूतहरू निकाल्दछ।”
23तर उहाँले तिनीहरूलाई आफूकहाँ बोलाएर दृष्टान्तहरूमा भन्नुभयो,
24
25
26
27
28
29
30उहाँले यो वचन भन्नुभयो, किनकि “उसमा अशुद्ध आत्मा छ” भनी तिनीहरूले भनेका थिए।
31तब उहाँकी आमा र उहाँका भाइहरू त्यहाँ आए, र बाहिरै खड़ा भएर उहाँलाई डाकिपठाए।
32भीड उहाँको वरिपरि बसिरहेको थियो र तिनीहरूले उहाँलाई भने, “हेर्नुहोस्, तपाईंकी आमा र तपाईंका भाइहरू तपाईंलाई बाहिर खोज्दैछन्।”
33उहाँले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो,
34अनि आफ्नो वरिपरि चारैतिर हेरेर उहाँले भन्नुभयो,
35