1अनि उहाँहरू समुद्रको पारिपट्टि गेरासेनसको मुलुकमा आउनुभयो।
2येशू डुङ्गाबाट बाहिर निस्कनेबित्तिकै चिहानबाट अशुद्ध आत्मा लागेको एक जना मानिसले उहाँलाई भेट्यो।
3त्यो चिहानहरू हुँदो बस्दथ्यो। कसैले पनि त्यसलाई साङ्लाले समेत बाँध्न सक्दैनथ्यो।
4किनकि त्यो धेरै पल्ट नेल र साङ्लाहरूले बाँधिएको थियो, र पनि त्यसले साङ्लाहरू टुक्रा-टुक्रा पारी छिनाल्थ्यो। कुनै मानिसले पनि त्यसलाई वशमा पार्न सकेको थिएन।
5त्यो रात र दिन सधैँ चिहानहरू र डाँड़ाहरूमा कराउँदै आफूले आफैलाई ढुङ्गाले काट्दै हिँड्थ्यो।
6अनि जब त्यसले येशूलाई टाढ़ैबाट देख्यो तब दौड़ेर आयो, र उहाँलाई दण्डवत् गर्यो।
7अनि ठूलो सोरले चिच्च्याएर त्यसले भन्यो, “हे सर्वोच्च परमेश्वरका पुत्र येशू, तपाईंको मसँग के सरोकार? म परमेश्वरमा शपथ खाएर तपाईंलाई बिन्ती गर्दछु, कि मलाई दुःख नदिनुहोस्।”
8किनकि उहाँले त्यसलाई भन्नुभएको थियो,
9अनि उहाँले त्यसलाई सोध्नुभयो,
10ती भूतात्माहरूलाई त्यस इलाकाबाहिर ननिकालिदिनुहोस् भनी त्यसले उहाँलाई आग्रहपूर्वक बिन्ती गर्यो।
11त्यहाँ नजिकैको डाँडामा सुँगुरको एक ठूलो बगाल चरिरहेको थियो।
12ती भूतात्माहरूले यसो भनी उहाँलाई बिन्ती गरे, “हामीलाई सुँगुरहरूकहाँ जान दिनुहोस्, र हामी तीभित्र पस्छौं।”
13तब उहाँले तिनीहरूलाई अनुमति दिनुभयो, र अशुद्ध आत्माहरू बाहिर निस्केर सुँगुरहरूभित्र पसे, अनि करीब दुई हजार सुँगुरको त्यो बगाल भिरालोबाट समुद्रतिर हुर्रिदैगए, र समुद्रमा डुबेर मरे।
14ती सुँगुर चराउनेहरू भागे, र सहर र गाउँ-गाउँमा खबर दिए। र के भएको हो सो हेर्न मानिसहरू त्यहाँ आए।
15तब तिनीहरू येशूकहाँ आए, र देखे कि त्यो भूत लागेको मानिस ठीक मनको भएर लुगा लगाई बसिरहेको थियो। यो देखेर तिनीहरू डराए।
16अनि जसले यो देखेका थिए, तिनीहरूले भूत लागेको मानिस र सुँगुरहरूलाई के भएको थियो सो बताइदिए।
17अनि तिनीहरूको इलाकाबाट गइहाल्नुहोस् भनी मानिसहरूले येशूलाई बिन्ती गर्न लागे।
18उहाँ डुङ्गामा पस्न लाग्नुहुँदा त्यो भूत लागेको मानिसले उहाँसँग रहनलाई बिन्ती गर्यो।
19तर उहाँले त्यसलाई अनुमति दिनुभएन, तर त्यसलाई भन्नुभयो,
20अनि त्यो मानिस हिँड़िहाल्यो, र येशूले त्यसको निम्ति कति ठूलो काम गरिदिनुभएको थियो सो डेकापोलिसभरि प्रचार गर्न लाग्यो, र सबै मानिसहरूले अचम्म माने।
21जब येशू फेरि डुङ्गामा समुद्रको पारिपट्टि जानुभयो, तब एउटा ठूलो भीड उहाँको वरिपरि भेला भयो। उहाँचाहिँ समुद्रको किनारमा हुनुहुन्थ्यो।
22सभाघरका शासकहरूमध्ये याइरस नाउँका एक जना उहाँकहाँ आए, र उहाँलाई देखेर उहाँका पाउमा घोप्टो परे,
23र यसो भनेर बिन्ती गरे, “मेरी सानी छोरी मर्न लागेकी छे, आएर त्यसमाथि तपाईंका हात राखिदिनुहोस्, र त्यो निको होस् र बाँचोस्।”
24तब येशू तिनीसँग जानुभयो।
25अनि बाह्र वर्ष अघिदेखि रगत बग्ने रोग भएकी एउटी स्त्री त्यहाँ थिई।
26त्यसले धेरै वैद्यहरूका हातबाट अनेक कष्ट पाएर आफूसँग भएका सारा धनसम्पत्ति खर्च गरेर पनि निको नभई बरु झन् खराब हालतमा पुगेकी थिई।
27येशूको विषयमा त्यसले सुनेकी थिई, र भीड़को पछिल्तिरबाट आएर उहाँको वस्त्र त्यसले छोई।
28किनकि त्यसले मनमनै भनी, “मैले उहाँको वस्त्र मात्र छोएँ भने पनि म निको हुनेछु।”
29अनि तुरुन्त त्यसको रगत बग्ने बन्द भइहाल्यो, र आफ्नो शरीरको रोग निको भएको त्यसले थाहा पाई।
30आफूबाट शक्ति बाहिर निस्केको झट्टै येशूले थाहा पाएर भीड़मा पछिल्तिर फर्केर सोध्नुभयो,
31चेलाहरूले उहाँलाई भने, “भीड़ले ठेलमठेला गरेको त तपाईंले देख्नुभएकै छ, र पनि तपाईं भन्नुहुन्छ “कसले मलाई छोयो?”
32उहाँलाई छुने को हो भनी उहाँले चारैतिर हेर्न लाग्नुभयो।
33तब आफूलाई जे भएको थियो सो थाहा पाएर त्यो स्त्री डरले काम्दै आएर येशूको अगि घोप्टो परी, र उहाँलाई सबै सत्य कुरा भनिदिई।
34तब उहाँले त्यसलाई भन्नुभयो,
35उहाँ बोल्दैहुनुहुँदा, शासकको घरबाट मानिसहरू आएर भने, “तपाईंकी छोरी त मरी। गुरुज्यूलाई अब अरू कष्ट किन दिनुहुन्छ?”
36तर तिनीहरूले गरेका कुराहरूलाई ध्यान नदिई येशूले सभाघरका शासकलाई भन्नुभयो,
37अनि उहाँले पत्रुस, याकूब र याकूबका भाइ यूहन्नालाई बाहेक अरू कसैलाई पनि आफ्नो साथ आउन अनुमति दिनुभएन।
38उहाँहरू सभाघरका शासकको घरमा आउनुभयो, अनि उहाँले खैलाबैला गर्नेहरू, रुनेहरू र ठूलो सोरले बिलौना गर्नेहरूलाई देख्नुभयो।
39भित्र पसेर उहाँले तिनीहरूलाई भन्नुभयो,
40तर तिनीहरू उहाँको कुरामाथि हाँसे।
41अनि ठिटीको हात समातेर उहाँले त्यसलाई भन्नुभयो,
42अनि ठिटी तुरुन्तै उठी, र हिँड्डुल गर्न लागी। त्यो बाह्र वर्षकी थिई। अनि त्यति नै बेला तिनीहरू आश्चर्यचकित भए।
43उहाँले तिनीहरूलाई यो कसैले थाहा नपाओस् भन्ने कड़ा आज्ञा दिनुभयो। अनि बालिकालाई चाहिँ केही खान दिनू भनी तिनीहरूलाई भन्नुभयो।