1त्यहाँबाट निस्केर उहाँ आफ्नै नगरमा फर्कनुभयो। उहाँका चेलाहरू उहाँको पछि लागे।
2शबाथ-दिनमा उहाँले सभाघरमा शिक्षा दिन लाग्नुभयो। धेरै जना सुन्नेहरूले छक्क परेर भने, “यस मानिसले यी सब कहाँबाट पायो? यिनलाई दिइएको यो ज्ञान कस्तो हो? यिनका हातबाट भएका कार्यहरू कति शक्तिशाली?
3के यिनी त्यही सिकर्मी होइनन् र? के यिनी त मरियमका छोरा तथा याकूब, योसेफ, यहूदा र सिमोनका दाजु होइनन् र? के यिनका बहिनीहरू पनि हामीसँगै छैनन् र?” अनि तिनीहरू उहाँसँग चिढ़िए।
4तब येशूले तिनीहरूलाई भन्नुभयो,
5र उहाँले त्यहाँ कुनै-कुनै रोगीहरूमाथि आफ्ना हात राखेर तिनीहरूलाई निको पार्ने कामबाहेक अरू कुनै शक्तिशाली काम गर्न सक्नुभएन।
6तिनीहरूको अविश्वास देखेर उहाँ छक्क पर्नुभयो।
7उहाँले बाह्र जनालाई आफूकहाँ बोलाउनुभयो, र तिनीहरूलाई दुई-दुई गरी पठाउनुभयो। तिनीहरूलाई अशुद्ध आत्माहरूमाथि अधिकार पनि दिनुभयो।
8तिनीहरूलाई उहाँले यस्तो आज्ञा दिनुभयो:
9
10उहाँले तिनीहरूलाई भन्नुभयो,
11
12तब तिनीहरू निस्केर गई मानिसहरूले पश्चात्ताप गरून् भनी प्रचार गरे।
13तिनीहरूले धेरै भूतहरूलाई निकाले, र धेरै रोगीहरूलाई तेलले अभिषेक गरेर निको पारे।
14हेरोद राजाले येशूको कीर्ति सुने, किनकि उहाँको नाउँ प्रचलित भएको थियो। कतिले भन्थे, “बप्तिस्मा-दिने यूहन्ना मरेकाबाट जीवित भएछन्, यसैले त तिनीद्वारा यस्ता शक्तिका काम भइरहेछन्।”
15तर अरूहरूले भने, “यिनी एलिया हुन्।”
16तर जब हेरोदले यो सुने तब उनले भने, “यूहन्ना, जसको शिर मैले काट्न लगाएँ, त्यही बौरिउठेछ।”
17किनभने हेरोदले आफ्नो भाइ फिलिपकी पत्नी हेरोदियासको खातिर यूहन्नालाई पक्रन लाएर तिनलाई बाँधी झ्यालखानमा हालेका थिए, किनभने उनले हेरोदियासलाई विवाह गरेका थिए।
18किनकि यूहन्नाले हेरोदलाई यसो भनेका थिए, “आफ्नो भाइकी श्रीमती राख्नु तपाईंलाई न्यायसङ्गत छैन।”
19यसैले हेरोदियासले तिनीमाथि ईख राखेकी थिइन्, र तिनलाई मार्न चाहन्थिन्, तर सकेकी थिइनन्।
20किनकि यूहन्नालाई एक धर्मात्मा र पवित्र मानिस भनी ठानेर हेरोद तिनीसँग डराउँथे, र तिनलाई सुरक्षित राखेका थिए। यूहन्नाको शिक्षा सुन्दा उनी साह्रै विचलित हुन्थे, तापनि खुसीसित सुन्थे।
21तर अनुकूल मौका त्यस बेला आयो, जब हेरोदले आफ्नो जन्मोत्सवमा आफ्ना उच्च पदाधिकारीहरू, अधिकृतहरू र गालीलका मुख्य-मुख्य मानिसहरूलाई ठूलो भोज दिए।
22किनकि जब हेरोदियासकी आफ्नै छोरी भित्र आएर नाची, तब तिनले हेरोद र उनका अतिथिहरूलाई खुसी तुल्याई। अनि राजाले त्यस केटीलाई भने, “तिमीलाई जे इच्छा लाग्छ सो माग, र म तिमीलाई दिनेछु।”
23तिनले शपथ खाएर त्यसलाई भने, “तिमी मसँग जे माग्छ्यौ म मेरो आधा राज्यसम्म पनि तिमीलाई दिनेछु।”
24अनि त्यसले बाहिर निस्केर आफ्नी आमालाई सोधी, “म के मागूँ?”
25त्यो झट्टै आतुरीसाथ भित्र राजाकहाँ गई, र यसो भनेर मागी, “हजूरले अहिले मलाई बप्तिस्मा-दिने यूहन्नाको शिर थालमा दिनुहोस् भन्ने म इच्छा गर्दछु।”
26राजा अत्यन्तै दुःखित भए, तर उनले आफ्नो शपथ र भोजमा बस्ने अतिथिहरूका खातिर त्यस केटीलाई दिएको वचन तोड्न चाहेनन्।
27राजाले तुरुन्तै गारदको एक जना सिपाहीलाई पठाएर यूहन्नाको शिर ल्याउने हुकुम दिए। अनि त्यसले झ्यालखानमा गएर यूहन्नाको शिर काट्यो,
28र तिनको शिर थालमा ल्याएर केटीलाई दियो, र केटीले त्यो त्यसकी आमालाई दिई।
29यूहन्नाका चेलाहरूले जब यो कुरा सुने तब तिनीहरू आएर तिनको लाश उठाएर चिहानमा लगेर राखे।
30अनि प्रेरितहरू येशूकहाँ भेला भए, र तिनीहरूले जे-जे गरेका थिए र सिकाएका थिए, ती सबै उहाँलाई बयान गरे।
31उहाँले तिनीहरूलाई भन्नुभयो,
32अनि उहाँहरू डुङ्गामा सुटुक्क एउटा एकान्त ठाउँमा जानुभयो।
33धेरै मानिसहरूले उहाँहरू गइरहनुभएको देखे, र धेरैले चिने, अनि सबै सहरहरूबाट पैदलै दौड़ेर त्यता गए, र उहाँहरूलाई उछिनेर अगाडि पुगे।
34जब उहाँ किनारमा उत्रनुभयो तब उहाँले एउटा ठूलो भीड देख्नुभयो, र उहाँले तिनीहरूलाई टिठ्याउनुभयो। किनकि तिनीहरू गोठालो नभएका भेड़ाहरूजस्ता थिए। र उहाँले तिनीहरूलाई धेरै कुरा सिकाउन लाग्नुभयो।
35अनि जब दिन धेरै ढल्क्यो तब उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, “यो एकान्त ठाउँ छ, र अब दिन धेरै ढल्किसक्यो।
36मानिसहरूलाई बिदा दिनुहोस्, र तिनीहरूले वरपरका बस्ती र गाउँहरूमा गएर आफ्ना लागि केही खानेकुरा किनून्।”
37तर उहाँले तिनीहरूलाई भन्नुभयो,
38उहाँले तिनीहरूलाई भन्नुभयो,
39अनि उहाँले मानिसहरूलाई हरियो चउरमा दल बाँधेर बस्ने हुकुम गर्नुभयो।
40तिनीहरू सय-सय र पचास-पचासका ताँती लागेर बसे।
41उहाँले ती पाँच रोटी र दुई वटा माछा लिएर स्वर्गतिर हेरी आशीर्वाद दिनुभयो, र ती रोटीहरू भाँच्नुभयो अनि मानिसहरूका अगाडि राखिदेऊन् भनेर चेलाहरूलाई दिनुभयो, र ती दुई माछा पनि उहाँले सबैलाई बाँड़िदिनुभयो।
42अनि सबैले खाए, र तृप्त भए।
43पछिबाट चेलाहरूले रोटी र माछाका उब्रेका टुक्राहरू बाह्र डालाभरि उठाए।
44रोटी खाने पुरुषहरू पाँच हजार थिए।
45अनि उहाँले तुरुन्तै आफ्ना चेलाहरूलाई डुङ्गामा चढ़ेर पारि बेथसेदामा उहाँभन्दा अघि जान अह्राउनुभयो, र त्यतिञ्जेल उहाँले चाहिँ भीड़लाई बिदा दिनुभयो।
46तिनीहरूसँग बिदा भएपछि उहाँचाहिँ डाँड़ामा प्रार्थना गर्न जानुभयो।
47साँझ पर्दा डुङ्गा समुद्रको बीचमा थियो, र उहाँचाहिँ एकलै पाखामा हुनुहुन्थ्यो।
48चेलाहरूलाई डुङ्गा ख्याउन कष्ट भइरहेको उहाँले देख्नुभयो, किनभने बतास तिनीहरूका विपरीत थियो। तीन बजे बिहानतिर उहाँ तिनीहरूकहाँ समुद्रमाथि हिँड्दैआउनुभयो, र तिनीहरूलाई उछिनेर जान लाग्नुहुँदा
49तिनीहरूले उहाँलाई समुद्रमाथि हिँड़िरहनुभएको देखेर प्रेत हो भन्ठाने, र तिनीहरू चिच्च्याए।
50किनकि उहाँलाई देखेर सबै डराएका थिए।
51अनि उहाँ तिनीहरूकहाँ डुङ्गाभित्र चढ्नुभयो, र बतास थामिहाल्यो। अनि तिनीहरू अत्यन्त अचम्मित भए,
52किनकि तिनीहरूले रोटीका विषयको कुरा बुझेकै थिएनन्, तर तिनीहरूको हृदय कठोर भएको थियो।
53समुद्र पार भएपछि उहाँहरू गनेसरेतको मुलुकमा आइपुग्नुभयो, र तिनीहरूले डुङ्गा किनारमा लगाए।
54जब उहाँहरू डुङ्गाबाट निस्कनुभयो तब उत्तिखेरै मानिसहरूले येशूलाई चिनिहाले,
55र छेउछाउका समस्त गाउँ हुँदो तिनीहरू दगुरिगए, र जहाँ येशू हुनुहुन्छ भनी सुने त्यहाँ बिरामीहरूलाई बिछ्याउनामा राखेर ल्याउन लागे।
56अनि गाउँहरूमा वा सहरहरूमा वा बस्तीहरूमा जहाँ-जहाँ उहाँ पस्नुभयो, मानिसहरूले रोगीहरूलाई बजार-बजारमा राखिदिए, र उहाँका वस्त्रको छेउ मात्र पनि छुन पाऔं भनी तिनीहरूले उहाँलाई बिन्ती गरे, र जतिले छोए तिनीहरू सबै निको भए।