1ती दिनमा फेरि एउटा ठूलो भीड जम्मा भयो, तर तिनीहरूसित खानेकुरो केही थिएन। तब येशूले चेलाहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो,
2
3
4उहाँका चेलाहरूले उहाँलाई भने, “यस निर्जन स्थानमा यिनीहरूलाई कसरी रोटी खुवाउने?”
5उहाँले तिनीहरूलाई सोध्नुभयो,
6उहाँले भीड़लाई भूइँमा बस्ने हुकुम दिनु भएर, सात वटा रोटी हातमा लिई धन्यवाद दिनुभएपछि रोटी भाँच्नुभयो, र मानिसहरूका अगि राख्न भनी चेलाहरूलाई दिनुभयो, र तिनीहरूले मानिसहरूका अगि राखिदिए।
7तिनीहरूसित केही ससाना माछाहरू पनि थिए, र उहाँले आशीर्वाद दिएर ती पनि तिनीहरूका अगाडि राख्न लाउनुभयो।
8अनि मानिसहरूले खाए, र तृप्त भए। अनि उब्रेका टुक्राहरू तिनीहरूले सात डालाभरि उठाए।
9त्यहाँ प्राय: चार हजार मानिसहरू थिए।
10उहाँले तिनीहरूलाई बिदा गरी पठाउनुभयो, अनि उहाँचाहिँ आफ्ना चेलाहरूसँग तुरुन्तै डुङ्गामा चढ़ेर दलमनुथाको क्षेत्रमा जानुभयो।
11फरिसीहरू उहाँकहाँ आएर उहाँसँग बहस गर्न लागे, र उहाँलाई परीक्षा गर्नलाई स्वर्गबाट एउटा चिन्ह मागे।
12आफ्नो आत्मामा लामो सास लिएर उहाँले भन्नुभयो,
13अनि तिनीहरूलाई छोडी उहाँ फेरि डुङ्गामा चढ़ेर पारिपट्टि जानुभयो।
14चेलाहरूले साथमा रोटी बोक्न बिर्सेका थिए, र डुङ्गामा तिनीहरूसित एउटै मात्र रोटी थियो।
15येशूले चेलाहरूलाई यसो भनेर चेताउनी दिनुभयो,
16तर तिनीहरूका साथमा रोटी नभएकोले येशूले यसो भन्नुभएको हो भनी तिनीहरूले आपसमा बहस गर्न लागे।
17येशूले यो थाहा पाएर तिनीहरूलाई भन्नुभयो,
18
19
20
21उहाँले तिनीहरूलाई भन्नुभयो,
22त्यसपछि उहाँ बेथसेदा आउनुभयो, र मानिसहरूले एउटा अन्धो मानिसलाई उहाँकहाँ ल्याए, र त्यसलाई छोइदिनुहोस् भनी उहाँसँग बिन्ती गरे।
23उहाँले त्यस अन्धो मानिसको हात समातेर त्यसलाई गाउँबाट बाहिर ल्याउनुभयो, र त्यसका आँखामा थुकेर त्यसमाथि आफ्ना हात राखी त्यसलाई सोध्नुभयो,
24अनि माथितिर हेरेर त्यसले भन्यो, “म मानिसहरूलाई रूखहरूजस्तै हिँड़िरहेका देख्छु।”
25तब उहाँले फेरि त्यसका आँखामा हात राख्नुभयो, र त्यसले एक टक लाएर हेर्यो। त्यसले आफ्नो दृष्टि प्राप्त गर्यो र सबै थोक छर्लङ्ग देख्न लाग्यो।
26तब उहाँले त्यसलाई गाउँतिर नपस्ने हुकुम गरी त्यसको घरमा पठाउनुभयो।
27येशू र उहाँका चेलाहरू कैसरिया फिलिप्पीका गाउँहरूमा जानुभयो। बाटोमा जाँदैगर्दा उहाँले आफ्ना चेलाहरूलाई यसो भनेर सोध्नुभयो,
28तिनीहरूले उहाँलाई भने, “कसैले भन्छन्, ‘बप्तिस्मा-दिने यूहन्ना।’ अरूहरूले ‘एलिया,’ अनि अरू कतिले भन्छन्, ‘अगमवक्ताहरूमध्ये एक जना’।”
29तब उहाँले तिनीहरूलाई सोध्नुभयो,
30उहाँले तिनीहरूलाई उहाँको विषयमा कसैलाई केही नभन्नू भनी आज्ञा दिनुभयो!
31“मानिसको पुत्रले धेरै दुःख भोग्नु, र धर्म-गुरुहरू, मुख्य पूजाहारीहरू र शास्त्रीहरूबाट इन्कार गरिनु र मारिनु अनि तीन दिनपछि जीवित भई उठ्नु आवश्यक छ” भनेर उहाँले तिनीहरूलाई सिकाउन लाग्नुभयो।
32यसरी उहाँले यो कुरा प्रष्टै भन्नुभयो। तर यो सुनेर पत्रुसले उहाँलाई एकातिर लगेर हकार्न लागे।
33तर फर्केर आफ्ना चेलाहरूलाई हेरी, पत्रुसलाई उहाँले यसो भनेर हप्काउनुभयो,
34तब उहाँले आफ्ना चेलाहरूका साथमा भीड़लाई आफूकहाँ बोलाएर तिनीहरूलाई भन्नुभयो,
35
36
37
38