1“हेर, त्यो दिन आउँदैछ। त्यो भट्टीझैँ दन्कनेछ। सबै हठी र सबै दुष्ट काम गर्नेहरू ठुटाझैँ हुनेछन्, र त्यो आउने दिनले उनीहरूलाई आगोमा भस्म गर्नेछ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। “त्यसले उनीहरूको एउटै जरा र एउटै हाँगा पनि छोड्नेछैन।
2तर मेरो नाउँको आदर गर्ने तिमीहरूमाथि चाहिँ धार्मिकताको सूर्य आफ्ना पखेटामा आरोग्यता लिएर उदाउनेछ। अनि गोठलाई छोड़ेर निस्केका बाछाजस्तै तिमीहरूचाहिँ बाहिर निस्कनेछौ।
3तब तिमीहरूले दुष्टहरूलाई खुट्टाले कुल्चनेछौ। जुन दिन म त्यो काम गर्छु, त्यस दिन उनीहरू तिमीहरूका पैतालामुनि खरानीजस्तै हुनेछन्,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
4“मेरो दास मोशाका व्यवस्थाको सम्झना गर, ती विधि र नियमहरू जो सारा इस्राएलको निम्ति होरेब पर्वतमा मैले त्यसलाई दिएँ।
5“हेर, परमप्रभुको त्यो महा र
6त्यसले बाबुहरूका हृदय तिनीहरूका छोराहरूतिर र छोराहरूका हृदय तिनीहरूका बाबुहरूतिर फर्काइदिनेछ, नत्रता म आएर देशलाई एउटा श्राप दिनेछु।”