1यहूदाका राजाहरू योताम, आहाज र हिजकियाका शासनकालमा मोरेशेतमा बस्ने मीकाकहाँ आएको परमप्रभुको वचन— यो दर्शन जो तिनले सामरिया र यरूशलेमको विषयमा देखेका थिए।
2हे जाति-जातिका मानिस हो, तिमीहरू सबैले सुन। हे पृथ्वी र त्यसमा भएका सबै, ध्यानसित सुन, कि परमप्रभु आफ्नो पवित्र मन्दिरबाट, परमप्रभु परमेश्वर नै तिमीहरूका विरुद्धमा साक्षी होऊन्।
3हेर, परमप्रभु आफ्नो वासस्थानदेखि आउँदैहुनुहुन्छ। उहाँ तल ओर्लनुहुन्छ र पृथ्वीका उच्च स्थानहरूमा टेक्नुहुन्छ।
4आगोमा मैन पग्लेजस्तै र भिरालो ठाउँबाट पानी बगेझैँ ती पर्वतहरू उहाँको चरणमुनि पग्लन्छन्, र उपत्यकाहरू टुक्रिन्छन्।
5यी सबै याकूबको अपराधको कारण र इस्राएलका घरानाका पापको कारणले गर्दा भएका हुन्। याकूबको अपराध के हो त? के त्यो सामरिया होइन? यहूदाको अग्लो स्थान के हो? के त्यो यरूशलेम होइन?
6“यसकारण म सामरियालाई रोड़ा-ढुङ्गाको थुप्रो र दाखबारी लाउने ठाउँ बनाइदिनेछु। म त्यसका ढुङ्गाहरू बेँसीमा फालिदिनेछु, र त्यसका जगहरू नाङ्गा बनाइदिनेछु।
7त्यसका सबै मूर्तिहरू टुक्रै-टुक्रा पारिनेछन्। त्यसका सबै मन्दिरका उपहारहरू आगोले जलाइनेछन्। त्यसका सबै मूर्तिहरू म ध्वंस पारिदिनेछु। ती उपहारहरू वेश्याको ज्यालाबाट त्यसले सञ्चय गरेकी हुनाले, वेश्याकै ज्यालाहरूझैँ ती फेरि प्रयोग गरिनेछन्।”
8यसैकारण म रुँदै विलाप गर्नेछु। म खाली खुट्टाले र नाङ्गै हिँड्नेछु। म स्यालझैँ कराउनेछु र लाटोकोसेरोझैँ विलाप गर्नेछु।
9किनकि त्यसको घाउ निको हुनेछैन। त्यो यहूदासम्म आएको छ। त्यो मेरो प्रजाको ढोकासम्म पुगेको छ, अर्थात् यरूशलेमसम्मै पुगेको छ।
10गातमा यो नसुनाओ, रुँदै नरोओ, बेथ-ओप्रामा
11ए शाफीरमा
12मारोतमा बस्नेहरू दुखाइले छटपटाइरहेछन्, किनभने यरूशलेमको मूल ढोकासम्मै परमप्रभुबाट विपत्ति आएको छ।
13हे लाकीशमा बस्नेहरू हो, घोड़ाको दल रथमा कस। सियोनकी छोरीको निम्ति पापको सुरु तिमीहरू नै थियौ, किनकि इस्राएलका अपराधहरू तिमीहरूमा नै भेट्टाइए।
14यसकारण मोरेशेत-गातलाई बिदाका उपहारहरू तिमीहरूले दिनेछौ। अक्जीबको
15हे मारेशामा बस्नेहरू हो, म तिमीहरूका विरुद्धमा विजय गर्ने एक जनालाई ल्याउनेछु। तिनी, जो इस्राएलको महिमा हुन्, अदुल्लाममा आउनेछन्।
16आफ्ना प्यारा बालकहरूका निम्ति तिमीहरूको केश शोकमा मुण्डन गर। सबै कपाल मुड़ाएर गिद्धको झैँ बनाओ, किनकि तिमीहरूका बालकहरू तिमीहरूबाट निर्वासनमा लगिनेछन्।