1बेबिलोनका राजा नबूकदनेसरले यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीन र यहूदाका अधिकारीहरू, कारीगरहरू र निपुण कलाकारहरूलाई यरूशलेमबाट निर्वासन गरेर बेबिलोनमा लगेपछि परमप्रभुका मन्दिरको सामुन्ने अञ्जीरका दुई डाला राखिएका परमप्रभुले मलाई देखाउनुभयो।
2एउटा डालोमा पहिले पाकेका अगौटे फलजस्तै खूब असल अञ्जीरहरू थिए, तर अर्को डालोमा नराम्रा अञ्जीरहरू थिए, यति नराम्रा कि ती खान पनि नहुने थिए।
3तब परमप्रभुले मलाई सोध्नुभयो, “ए यर्मिया, तँ के देख्तछस्?”
4तब परमप्रभुको यो वचन मकहाँ आयो:
5“परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘यी राम्रा अञ्जीरहरूजस्तै मैले यस देशबाट, अर्थात् यहूदाबाट बेबिलोनीहरूको देशमा निर्वासन गरेकाहरूलाई म त्यति नै राम्रा सम्झन्छु।
6तिनीहरूका भलाइको निम्ति म मेरो दृष्टि तिनीहरूमाथि राख्नेछु, र म तिनीहरूलाई फेरि यस देशमा फर्काएर ल्याउनेछु। म तिनीहरूलाई बनाइराख्नेछु, म तिनीहरूलाई भत्काउनेछैनँ। म तिनीहरूलाई रोप्नेछु र तिनीहरूलाई उखेल्नेछैनँ।
7म नै परमप्रभु हुँ भनी चिन्ने हृदय तिनीहरूलाई म दिनेछु। अनि तिनीहरू मेरा प्रजा हुनेछन्, र म तिनीहरूका परमेश्वर हुनेछु, किनभने तिनीहरू आफ्नो सम्पूर्ण हृदयले मकहाँ फर्कनेछन्।
8“‘तर,’ परमप्रभु भन्नुहुन्छ, ‘ती खानै पनि नहुने जस्ता एकदमै नराम्रा अञ्जीरहरूलाई झैँ यहूदाको राजा सिदकियाह, त्यसका अधिकारीहरू र यरूशलेमका बचेकाहरूसँग म व्यवहार गर्नेछु, चाहे तिनीहरू यही देशमा वा मिश्रमा बसुन्।
9पृथ्वीका सारा राज्यहरूमा जहाँ म तिनीहरूलाई खेद्नेछु, त्यहाँ म तिनीहरूलाई घृणा र गिल्ला, तथा हाँसो र सरापको पात्र तुल्याउनेछु।
10मैले तिनीहरूलाई र तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको देशदेखि तिनीहरू पूरै नष्ट नहोउञ्जेल म तिनीहरूका विरुद्धमा तरवार, अनिकाल र रूढ़ी पठाइदिनेछु’।”