यर्मिया 45:1-5 NNRV2012 - Bible AI

1यहूदाका राजा योशियाहका छोरा यहोयाकीमका राजकालको चौथो वर्षमा नेरियाहका छोरा बारूकले यर्मिया अगमवक्ताले लेखाएका वचन एउटा पत्रको मुट्ठोमा लेखिसकेपछि यर्मियाले बारूकलाई भने,

2“बारूक, परमप्रभु इस्राएलका परमेश्‍वरले तिमीलाई भन्‍नुभएको कुरा यही हो:

3तैंले भनिस्, ‘धिक्‍कार मलाई! किनकि परमप्रभुले मेरो दु:खमाथि दु:ख थपिदिनुभयो! सुस्‍केरा मार्दा म थाकिसकें, म कतै पनि विश्राम पाउँदिनँ’।”

4परमप्रभु भन्‍नुहुन्‍छ, “तैंले त्‍यसलाई यसो भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: मैले जे बनाएको छु, त्‍यो म भत्‍काउनेछु। देशभरि नै मैले जे रोपेको छु, त्‍यो म उखेल्‍नेछु।

5के तँचाहिँ आफ्‍नै निम्‍ति ठूला कुराहरू खोज्‍छस्‌? ती नखोज्‌। किनकि म सबै मानिसहरूमाथि सर्वनाश ल्‍याउनेछु, परमप्रभु भन्‍नुहुन्‍छ, तर तँ जहाँ जान्‍छस्‌ ती सबै ठाउँमा तेरो ज्‍यानसमेत म तँलाई उम्‍कन दिनेछु’।”

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
div>