यर्मिया 47:1-7 NNRV2012 - Bible AI

1फारोले गाजालाई आक्रमण गर्न अघि पलिश्‍तीहरूका विषयमा यर्मिया अगमवक्ताकहाँ आएको परमप्रभुको वचन यही हो:

2परमप्रभु यसो भन्‍नुहुन्‍छ: “हेर, उत्तर दिशामा पानी बढ़िरहेछन्‌। ती बाढ़ीको भलझैँ हुनेछन्‌। त्‍यसले देश र त्‍यसमा भएका जम्‍मै कुरालाई डुबाउनेछ, नगरहरू र तिनमा बसेको हरेकलाई।

3फट्‌केर कुद्‌ने घोड़ाहरूका टापको आवाजमा, शत्रुहरूका रथहरू वेगले कुदेका पाङ्‌ग्राहरूको हल्‍लामा मानिसहरू रुनेछन्‌ र देशमा बस्‍नेहरू सबैले विलाप गर्नेछन्‌। बुबाहरूले आफ्‍ना छोराछोरीहरूलाई सहायता गर्नेछैनन्‌। तिनीहरूका हातहरू लुला भएर झुण्‍डिन्‍छन्‌।

4किनभने पलिश्‍तीहरूको नाश हुने दिन आएको छ। बाँचेकाहरूमध्‍ये टुरोस र सीदोनलाई सहायता गर्न सक्‍नेहरू सबै नष्‍ट हुनेछन्‌। परमप्रभुले पलिश्‍तीहरूलाई नाश गर्न लाग्‍नुभएको छ, कप्‍तोरका किनारहरूका बाँकी रहेकाहरूलाई।

5शोक गर्नलाई गाजाले आफ्‍नो कपाल खौरनेछ। अश्‍कलोन मौन गराइनेछ। हे मैदानमा बाँकी रहेकाहरू हो, कहिलेसम्‍म तिमीहरू आ-आफ्‍नो शरीर काट्‌नेछौ?

6“‘हे परमप्रभुको तरवार, तँ कहिले विश्राम लिन्‍छस्‌?” तिमीहरू कराउँछौ। “आफ्‍ना म्‍यानमा पस्‌। तँ शान्‍तसँग बस्‌।”

7तर परमप्रभुले त्‍यसलाई हुकुम गर्नुभएको छ, उहाँले अश्‍कलोन र समुद्र-किनारका देशहरूलाई आक्रमण गर्न त्‍यसलाई हुकुम गर्नुभएको छ।” यसर्थ त्‍यो कसरी शान्‍त भएर बस्‍छ र?”

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
div>