यशैया 12:1-6 NNRV2012 - Bible AI

1त्‍यस दिन तिमीहरू भन्‍नेछौ, “हे परमप्रभु, म तपाईंको प्रशंसा गर्नेछु, तपाईं रिसाउनुभए तापनि तपाईंको रीस अब मर्‍यो, र तपाईंले अब मलाई सान्‍त्‍वना दिनुभएको छ।

2निश्‍चय नै परमेश्‍वर मेरा उद्धार हुनुहुन्‍छ। म विश्‍वास गर्नेछु र म डराउनेछैनँ। परमप्रभु, परमप्रभु नै मेरा शक्ति र भजन हुनुहुन्‍छ। उहाँ नै मेरा उद्धार हुनुभएको छ।”

3आनन्‍दसित तिमीहरूले उद्धारको इनारबाट पानी भर्नेछौ।

4त्‍यस दिन तिमीहरूले भन्‍नेछौ, “परमप्रभुलाई धन्‍यवाद देओ। उहाँको नाउँको पुकारा गर। उहाँले के गर्नुभएको छ जाति-जातिहरूका बीचमा प्रचार गर। अनि उहाँको नाउँ उच्‍च पारिएको छ भनी घोषणा गर।

5परमप्रभुको भजन गाओ, किनकि उहाँले महिमापूर्ण कामहरू गर्नुभएको छ। सारा पृथ्‍वीले यो कुरा जानून्‌।

6हे सियोनका मानिस हो, उच्‍च सोरले कराओ, र आनन्‍दले गाओ, किनकि तिमीहरूका बीचमा इस्राएलका परमपवित्र महान्‌ हुनुहुन्‍छ।”

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
v>